विश्वकपमा नाइजेरियाको ऐतिहासिक जित, अर्जेन्टिना समुह चरणबाटै बाहिरिने सम्भावना (खेल समीकरण सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 11:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नाइजेरियाले डेब्यु टिम आइसल्याण्ड बिरुद्द ऐतिहासिक जित हासिल गरेको छ। रसियामा जारि विश्वकप अन्तर्गतको २५ औं खेलमा नाइजेरियाले आइसल्याण्डलाई २-० ले पराजित गर्दै विश्वकप इतिहासमै आफ्नो पहिलो जित दर्ता गरेको छ। 

पहिलो हाफमा बराबरी खेलेको नाइँजेरिया दोस्रो हाफमा डेब्यु आइसल्याण्ड बिरुद्द भारि पर्यो। नाइजेरियाको लागि खेलको ४९ औं मिनेटमा गोल गर्दै अहमद मुसाले नाइजेरियालाई १-० को अग्रता दिलाए। मुसाका लागि यो गोल विश्वकपमा चौथो तथा अन्तराष्ट्रिय करियरमा १५ औं र यस विश्वकपमा पहिलो गोल हो। 

१-० ले पछी परेको आईसल्याण्डलाई पछी पार्दै नाइजेरियाका अहमद मुसाले खेलको ७५ औं मिनेटमा दोस्रो गोल गरे। अहमद मुसाको दोस्रो गोलसंगै नाइजेरियाले आइसल्याण्डलाई २-० ले पराजित गर्न सफल भएको छ। आइसल्याण्डले पेनाल्टिमा गोल गर्ने अवसर गुमाउदै खेलमा फर्किन असफल भयो।  

जितसंगै अन्तिम १६ को यात्रालाई नाइँजेरियाले थप मजबुत बनाएको छ। विश्वकपमा नाइजेरियाको यो पहिलो जित हो। यस अघि पनि दुई पटक विश्वकप खेलिसकेको नाईजेरियाले विश्वकपमा आफ्नो खेल जितेको यो नै पहिलो पटक हो।  

यस समूहको शिर्ष स्थानमा रहेको क्रोएसियाले दुई खेलबाट ६ अंक सहित नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ भने आजको खेलमा जितसंगै नाइजेरिया ३ अंक सहित समुह डी मा दोस्रो स्थानमा उक्लिएको छ। त्यसै समान अंक भएपनि गोल अन्तर्गतका कारण आइसल्याण्ड तेस्रो स्थानमा छ भने अर्जेन्टिना पुछारमा रहेको छ।   

विश्वकपमा समुह चरणको १/१ खेल हुन बाँकी छ। अबको खेल क्रोएसियाले आइसल्याण्डसँग खेल्दैछ भने अर्जेन्टिनाले नाइजेरियासँग खेल्दैछ। अन्तिम १६ मा प्रवेशका लागि नाइजेरियाले अर्जेन्टिनासंग कम्तिमा पनि बराबरी खेल्नुपर्नेछ भने अर्जेन्टिनाले भने जित्ने पर्ने हुन्छ। यता अन्तिम १६ मा पुगिसकेको क्रोएसियालाई फराकिलो गोल अन्तरले पराजित गर्न सकेमा मात्र आइसल्याण्ड अन्तिम १६ मा पुग्नेछ अन्यथा पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको आइसल्याण्डको यात्रा यहि रोकिनेछ।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved