स्विडेनका कारण समस्यामा जर्मनी, ८० बर्षपछी समुहचरणबाटै बाहिरिने सम्भावना कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 23, 2018 | 07:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप अन्तर्गतको समुह चरणको दोस्रो राउण्डको खेलमा आज जर्मन र स्विडेन भिड्दैछन। समुह एफ अन्तर्गतको आफ्नो पहिलो  खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै स्विडेन ३ अंकसहित समुह तालिकाको शिर्ष स्थानमा छ भने मेक्सिकोसंग १-० ले पराजित भएको जर्मनी शुन्य अंक सहित तेस्रो स्थानमा छ। 

आजको खेलमा दुवै टिम दबाबमा रहनेछन। जर्मनीलाई कम्तिमा पनि बराबरीमा रोकेर अन्तिम १६ मा पुग्ने दाउमा स्विडेन रहनेछ भने यस विश्वकपमा पहिलो जित दर्ता गरेर अन्तिम १६ मा पुग्ने सम्भावनालाई मजबुत बनाउने योजनामा जर्मनी रहनेछ। अहिलेसम्म यी दुवै टिम ३६ पटक एक अर्कासंग भिडेकाछन। जसमा जर्मनीले १५ र स्विडेनले १३ पटक जित निकालेका छन। अन्तिम १६ मा पुग्नका लागि पनि जर्मनीलाई आजको खेल जित्नै पर्नेहुन्छ। जित हासिल गर्न नसकेको अवस्थामा जर्मनी ८० बर्षपछी पहिलो चरणबाटै बाहिरिनेछ। 


कहिले हुन्छ खेल ?

स्विडेन र जर्मनीबीचको खेल नेपाली समय अनुसार शनिबार राति ११.४५ मा हुनेछ।  

कहाँ हुँदैछ ?

सोछि स्थित फिश्त रंगशालामामा प्रतिस्पर्धा हुँदैछ। यस रंगशालामामा ४७ हजार ७०० जना अटाउने क्षमता रहेको छ।

पूर्वानुमान

२०१४ को विश्वकप छनौट चरणको खेल यता जर्मनी र स्विडेनबीच कुनै प्रतिस्पर्धा भएको छैन। २०१४ को विश्वकपमा एकै समूहमा रहेका यी दुईबीचको खेल ४-४ को बराबरीमा टुंगिएको थियो। त्यस अगाडी २०१३ मा स्विडेनमा भएको खेलमा जर्मनीले ५-३ को गोल अन्तरले जितेको थियो। 

आजको खेलमा जर्मनीले ३ - २ गोल अन्तरले स्विडेनलाई पराजित गर्ने अनुमान गरिएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved