टोनी क्रुजको गोलले जोगियो जर्मनी, नक आउट चरणमा पुग्ने सम्भावना कसको कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 24, 2018 | 02:27:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अतिरिक्त समयमा भएको गोलले जर्मनी जारि विश्वकपको दौडबाट बाहिरबाट बचेको छ। खेलको दोस्रो हाफमा थप गरिएको समयको अन्तिम सेकेन्डमा जर्मनीका क्रुजले शानदार गोल गर्दै जर्मनीलाई समुह चरणबाटै आउट हुनबाट बचाएका छन। 

रेफ्रीले समय सकिएको जनाउ गर्नु केहि मिनेट अगाडी पाएको फ्री किकको सदुपयोग गर्दै क्रुजले उत्कृष्ट गोल गरे। थप गरिएको ५ मिनेटको अन्तिम सेकेन्डमा मारको रिउसले दिएको छोटो पासलाई क्रुजले गोलमा परिणत गरे। जस कारण जर्मनी विश्वकप दौडबाट बाहिरनबाट बचेको छ। 

स्विडेनका लागि टोइबीनेनले पहिलो हाफको २६ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। १-० ले पछाडी परेको जर्मनीले पहिलो हाफमा थपिएको समयमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याउन सफल रह्यो। जर्मनीका लागि रिउसले गोल गरे। रिउसको गोल नै यस विश्वकपका लागि जर्मनीको पहिलो गोल बन्न पुगेको छ। 

स्विडेन बिरुद्दको जितले जर्मनीलाई ३ अंक दिलाएको छ। ३ अंक सहित जर्मनी समुह एफको अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ। यस समुहबाट शिर्ष स्थानमा रहँदै मेक्सिको अन्तिम १६ मा पुगिसकेको छ। 

अन्तिम १६ मा पुग्नका लागि जर्मनीले अब हुने खेलमा दक्षिण कोरियालाई जित्ने पर्ने हुन्छ। समुह चरणबाटै बाहिरिएको दक्षिण कोरियालाई पराजित गर्न सकेमा जर्मनीको अन्तिम १६ मा जान सक्ने सम्भावना बलियो हुनेछ। यद्दपी ३ अंक सहित तेस्रो स्थानमा रहेको स्विडेनका लागि पनि अन्तिम १६ मा पुग्ने ढोका खुलै छ। स्विडेनले मेक्सिकोलाई हराएको अवस्थामा र जर्मनीले दक्षिण कोरियालाई पराजित गरेको अवस्थामा गोल अन्तरको आधारमा यी दुई मध्ये एक टिम अन्तिम १६ मा पुग्नेछन।   

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved