बेल्जियम र इंग्ल्यान्डबीच समुह बिजेता छुट्याउन फिफाले गोलाप्रथा गर्न सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 25, 2018 | 03:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा बिश्वकप अन्तर्गत आजदेखि समुह चरणका अन्तिम खेलहरु हुनेछन । अन्तिम खेल हुनु अगाडी नै ६ टोली नक आउट चरणमा प्रवेश गरिसकेका छन् । बाँकि १० स्थानको लागि १८ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने छन् । हरेक टोलीले समुह चरणको ३-३ खेलिसकेपछि हरेक समुहको शिर्ष स्थानमा रहने २ टोली नक आउट चरण प्रवेश गर्ने छन् । 

हालसम्म रसिया, उरुग्वे, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियम नक आउट चरणमा प्रवेश गरिसकेका छन् । तेस्रो चरणको खेलले बाँकि १० टोलीको टुंगो लगाउने छ ।

समुहचरणको सबै खेल सकिएपछि हरेक समुहमा धेरै अंक हुने २ टोलि नक आउट चरण प्रवेश गर्ने छ । अंक बराबर भए गोल डिफरेन्सको आधारमा टोली छनौट हुन्छ, गोल डिफरेन्स पनि बराबर भए प्रतियोगितामा गरेको कुल गोलको आधारमामा टोली छनौट हुन्छ । त्यसपछि पनि बिजेता निर्क्योल नभए २ टिमबीचको खेल हुँदा खेलमा धेरै अंक पाएको टोली समुह बिजेता हुनेछ । तर यी ४ क्राईटेरियापछि पनि टोली समान रुपमा रहे बाँकि तरिका अपनाईने छ । 

के हुन् ति तरिका ? हेरौ उदाहरण सहित  

हाल समुह जीमा यस्तै सम्भावना देखिएको छ । समुह जी बाट बेल्जियम र इंग्ल्यान्ड दोस्रो चरणको लागि छनौट भईसकेका छन् । तर समुह बिजेता टुंगो लाग्न बाँकि छ । बेल्जियम र इंग्ल्यान्डबीचको खेलले समुह बिजेताको टुंगो लाग्ने छ । हाल दुवै टोलीको २ खेलबाट कुल ६ अंक छ, दुवै टोलीले दुवै खेल जितेका छन्, दुवै टोलीको गोल डिफरेन्स +६ छ, दुवैले २ गोल खाएका छन् , दुवैले ८ गोल गरेका छन् । यस्तो अवस्थामा बेल्जियम र इंग्ल्यान्डबीचको खेलले समुह बिजेताको टुंगो लाग्ने छ । तर यो खेल बराबरी भए के हुन्छ ? 

यो खेल ०-० को बराबरीमा टुंगिए दुवै टोलीको ७ अंक हुनेछ र गोल डिफरेन्स, गरेको गोल र खाएको गोल सबै समान हुनेछ । त्यसपछि यी दुईबीचको खेल हेरिन्छ, त्यो पनि बराबरी भएको खण्डमा यी दुई टोलीबीचको गोल डिफरेन्स र गरेको गोल हेरिन्छ, खेल ०-० बराबरीमा सकिएकोले त्यो पनि बराबरी हुन्छ । 

अब के गर्ने ? यस्तो जटिल परिस्थितिमा फेयर प्लेमा आएको अंकको आधारमा समुह बिजेता निर्क्योल हुन्छ ।  यदि बेल्जियम र इंग्ल्यान्डबीचको खेल बराबरीमा टुंगिए दुवै टोलीले खाएको पहेलो कार्ड र रातो कार्डको गणना हुन्छ ।  एक पहेलो कार्ड बराबर -१ अंक, दोहोरो पहेलो कार्डबाट आएको रातो कार्डको -३, र सिधै आएको रातो कार्डको -४ अंक कायम गरिएको छ ।  यसर दुवै टोलीको कार्डबाट आएको जोड्दा जसको कम धेरैआउछ, त्यो नै समुह बिजेता हुन्छ ।  तर कार्डको अंक गणनापछि पनि समुह बिजेता र उप बिजेता टुंगो नलागे फिफाले गोलाप्रथा गरेर छनौट गर्ने छ। 

कार्ड गणना गर्दा हाल इंग्ल्यान्डको -२ अंक हुन्छ भने बेल्जियमको -३ । यस आधारमा इंग्ल्यान्ड समुह बिजेता हुन्छ ।  तर यी दुईबीचको खेलमा इंग्ल्यान्डले २ पहेलो कार्ड र बेल्जियमले १ पहेलो कार्ड पाए दुवैको कुल अंक समान -४ हुन्छ । यस्तो अवस्थामा फिफाले गोलाप्रथाबाट समुह बिजेता निर्धारण गर्न सक्छ । 

यहि प्रक्रिया समुह चरणको बरियता निर्क्योल गर्न प्रयोग हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved