समर्थकलाई मेसीको शन्देश : विश्वकप नजिति सन्यास लिनेछैन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 25, 2018 | 03:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको २१ औँ संस्करण अहिले रसियामा जारी छ । समुह चरणका दोस्रो खेल पनि सकि सकेका छन् । तर यसअघि समुह चरण अन्तर्गत भएका २ खेलमा १ मा बराबरी र १ मा अपत्यारिलो पराजय व्यहोरेको अर्जेन्टिना अब हुने खेलमा जित्नैपर्ने दबाबमा छ । 

जारी विश्वकपको आफ्नो पहिलो खेलमा डेब्यु टिम आइसल्याण्डसँग १÷१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोयशियासँग ३–० ले पराजित भयो । अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा नाइजेरियासँग असार १२ गते प्रतिस्पर्धा गर्दैछ । 

जारी विश्वकपमा खराब लयमा देखिएपछि धेरैले अर्जेन्टिनाका स्ट्राईकर लियोनल मेसीले सन्यास लिने आँकलन गरेका थिए । तर मेसीले अहिल्यै नै आफूले सन्यास नलिने प्रतिक्रिया दिएका छन् । 

मेसीले आफ्ना समर्थकका लागी खुशीको कुरा पनि बताएका छन् । उनले आफू विश्वकपको उपाधि जितेर मात्रै सन्यास लिने बताएका छन् । मेसीले विश्वकपको जारी टुर्नामेण्टको समूह चरणको अन्तिम खेल अगाडि त्यस्तो बताएका हुन् । 

आफू विश्वकपको उपाधि उचालेको कल्पना गरेरै यो स्थानमा आइपुगेको भन्दै उनले भनेका छन, ‘विश्वकपको उपाधि म र अर्जेन्टिनी समर्थक लाखौं फुटबल प्रेमीका लागि बिशेष हुनेछ ।’ 

‘मैले प्राय सबै प्रमुख उपाधी जितिसकेको छु र विश्वकप जित्न चाहान्छु । मलाई विश्वकप उपाधि नजिती सन्यास लिने चाहना छैन’ उनले भनेका छन् । 

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाईजेरियालाई पराजित गरेपनि आईसल्याण्डले क्रोएसियालाई जितको अन्तर ठूलो राखेमा अर्जेन्टिना विश्वकपको समुह चरणबाटै बाहिरिने छ । 

मेसीका प्रमुख प्रतिस्पर्धी मानिएका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकपमा ह्याट्रिकसहित २ खेलमा ४ गोल गर्दै राम्रो सुरुवात गरिसकेका छन् । 

सम्भवत: अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि यो अन्तिम मौका हुनेछ । मेसीले उनको सपना पुरा गर्न पाउँलान् त ? त्यो अब भोलिको खेलले निर्धारण गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved