फिफा विश्वकप : गोल्डेन बुटको दौडानमा पाँच खेलाडी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 12:33:40 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बुटको अवार्ड पाउने गरेका छन् । यो अवार्डका लागि विश्वकप अवधिभर सबैभन्दा धेरै गोल गर्ने खेलाडीबीच प्रतिस्पर्धा हुन्छ । 

रसियामा जारी विश्वकपमा पनि हालसम्म ५ स्टार खेलाडी गोल्डेन बुटको दौडमा देखिएका छन् । 


को हुन ५ दाबेदार ?

१. ह्यारी केन (इङ्ल्यान्ड) : ५ गोल

इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी टुर्नामेण्टमा उत्कृष्ट फर्ममा देखिएका छन् । टोटनह्यामबाट व्याबसायीक फुटबल खेल्दै आएका उनले पनामाविरुद्ध आइतबार भएको खेलमा ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै यस विश्वकपमा उनले आफ्नो गोल संख्या ५ बनाएका छन् । यसभन्दा अघि उनले समूह चरणको पहिलो खेलमा ट्यूनिशियाविरुद्ध दुई गोल गरेका थिए । 

केन यस प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत हुन् । उनी यस विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरेका थिए ।

२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : ४ गोल

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि फिफा विश्वकप २०१८ मा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । उनको नाममा चार गोल रहेको छ । 

उनले स्पेनविरुद्ध पहिलो ह्याट्रिक गरे । रोनाल्डो एक्लैको बलमा पोर्चुगल आफ्नो पहिलो खेलमा स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो । रोनाल्डोलले मोरक्कोविरुद्ध पनि एक गोल गरेर टिमलाई जिताएका थिए ।

३. रोमेलु लुकाकु (बेल्जियम) : ४ गोल

बेल्जियमका युवा स्ट्राइकर रोमेलु लुकाकूले जारी विश्वकपमा ४ गोल गरेका छन् । उनले पनामाविरुद्ध २ र ट्युनिशियाविरुद्ध २ गोल गरेका छन् । हालसम्मको प्रदर्शन हेर्दा लुकाकु गोल्डेन बुट अवार्डका बलिया दाबेदार हुन् । 

४. डिएगो कोस्टा (स्पेन) : ३ गोल

स्पेनका स्टार फुटबलर डिएगो कोस्टाले जारी विश्वकपमा ३ गोल गरेका छन् । पोर्चुगलविरुद्ध उनले दुई गोल गरेका थिए थिए । उनले इरानविरुद्ध एक गोल गरे । उनी जारी टुर्नामेण्टको गोल कर्ताको चौथो नम्बरमा छन् ।

५. डेनिस चेरिसेभ (रूस) : ३ गोल

रूसका मिड फिल्डर डेनिस चेरिसेभले यस विश्वकपमा ३ गोल गरेका छन् । उनी अहिले फिफा विश्वकप २०१८ मा सबैभन्दा धेरै गोल गर्ने फुटबलरको सूचीमा चौथो नम्बरमा छन् । चेरिसेभलले साउदी अरबविरुद्ध दुई र इजिप्टविरुद्ध एक गोल गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved