नाइजेरियालाई जित्नै पर्ने खेलमा अर्जेन्टिनाको टिममा ठुलो फेरबदल, मुख्य स्ट्राइकर नै मैदान बाहिर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 26, 2018 | 11:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना र नाइजेरियाको तर्फबाट मैदान उत्रने सुरुवाती ११ खेलाडीको टुंगो लागेको छ। जित्नै पर्ने खेलमा अर्जेन्टिनाले स्ट्राइकर सर्जियो अग्गोइरोलाई सुरुवात मै मैदान नउतार्ने भएको छ। यसको मतलब उनि बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न सक्नेछन। आजको खेलमा अर्जेन्टिनाका नियमित गोलकिपर विलि क्याब्लेरो पनि मैदानमा उत्रने छैनन। उनको स्थानमा बैकल्पिक गोलकिपर फ्र्यान्को अर्मानी खेल्ने निश्चित भएको छ।

जित्नै पर्ने खेलमा अर्जेन्टिनाका प्रशिक्षक स्याम्पोलीले आफ्नो मुख्य स्ट्राइकर र गोल किपरलाई हटाउने जोखिम मोलेका हुन। यी खेलाडीहरुले आफुलाई प्रशिक्षकबाट हटाउन मुख्य भूमिका खेलेको र टिममा बिद्रोह गरेका कारण स्याम्पोलीले यस्तो जोखिम मोलेका हुन। 

क्रोएसियाको खेलमा स्याम्पोलीले म्यानचेस्टर सिटिका स्ट्राइकर समेत रहेका सर्जियोलाई खेलबीचमै बाहिर निकालेपछि सर्जियो प्रशिक्षकसंग रुष्ट बनेका थिए। त्यस पश्चात सर्जियोले अर्जेन्टिनी फुटबलसंघका अध्यक्ष क्लाउडियो तापीयालाई प्रशिक्षक स्म्याम्पोलीलाई बर्खास्त गर्न वा टोलि छनौटमा खेलाडीको पनि राय सुझाब लिनलाई प्रस्ताब गरेका थिए। 

उक्त प्रस्ताबबाट आक्रोशित बनेका अर्जेन्टिनाका प्रशिक्षक स्याम्पोलीले यस विश्वकपमा अर्जेन्टिनाका लागि एक मात्र गोलकर्ता सर्जियोलाई टिम बाहिर राखेर ठुलो फेर बदल गरेका छन। स्याम्पोलीको यो निर्णयले अर्जेन्टिनालाई ठुलो धक्का लाग्न सक्ने देखिन्छ। यस अघि विश्व चर्चित खेलाडी तथा  अर्जेन्टिनाका पुर्व प्रशिक्षक म्यारोडनाले पनि स्याम्पोलीको कारण टिमले पराजय बेहोरेको आएको आरोप लगाएका थिए। 

खेल समिक्षा:

बिश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेपछि टोलीको बिश्वकप यात्रा कठिन मोडमा पुगेको छ । समुह चरणमा अब १ खेल मात्र बाँकि रहंदा अर्जेन्टिनाको केवल १ अंक छ  । आईसल्याण्ड संग बराबरी खेलेपछि अर्जेन्टिनाले १ अंक पाएको हो  ।

आज राती ११:४५ बजे यस समुह अन्तर्गत नाइजेरीया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोएससिया भिड्ने छन् । क्रोएसिया ६ अंक सहित शिर्ष स्थानमा छ र नक आउट चरणको लागि छनौट भईसकेको छ । नाइजेरिया ३ अंक सहित दोस्रो र आइसल्याण्ड र अर्जेन्टिना समान १ अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् । नाईजेरिया, आईसल्याण्ड र अर्जेन्टिनाको नक आउट चरण पुग्ने सम्भावना कायम नै छ । 

कुन टोली कसरी पुग्छन नक आउट चरण ? 

यदि नाईजेरियाले अर्जेन्टिनालाई पराजित गरे नाइजेरिया दोस्रो चरण पुग्ने छ भने आईसल्याण्ड र अर्जेन्टिना बाहिरिने छन्  ।

नाइजेरियाले अर्जेन्टिनासंग बराबरी खेलेपनि नाइँजेरिया छनौट हुन् सक्छ तर त्यसको लागि आईसल्याण्डले हार्नु पर्छ वा बराबरी खेल्नु पर्छ, आईसल्याण्डले जिते पनि नाइजेरिया गोल डिफरेन्समा अगाडी रहेर छनौट हुन् सक्छ  । हाल नाइजेरियाको गोल डिफरेन्स ० छ भने आईसल्याण्डको -२ छ  । 

 आईसल्याण्ड छनौट हुनको लागि आईसल्याण्डले क्रोएसियालाई पराजित गर्नु पर्नेछ भने नाइजेरियाले बराबरी वा हार बेहोर्नु पर्ने छ  ।  साथै अर्जेन्टिनाको गोल डिफरेन्स आईसल्याण्डको भन्दा धेरै हुनु हुदैन  ।  हाल आईसल्याण्डको गोल डिफरेन्स -१ र अर्जेन्टिनाको -२ छ  ।  

अर्जेन्टिना छनौट हुनको लागि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नु पर्ने छ भने आईसल्याण्डले आफ्नो खेल हार्नु पर्ने छ  ।  यदि आईसल्याण्डले जितेको खण्डमा अर्जेन्टिनाको गोल डिफरेन्स आईसल्याण्डको भन्दा राम्रो भए मात्र अर्जेन्टिना छनौट हुनेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved