समुह एफ: ४ वटै टोली नक आउट चरण पुग्न सक्ने वा बहिरिन सक्ने, यस्तो छ रोचक समीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 02:04:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 फिफा बिश्वकप अन्तर्गत आज बुधबार समुह ई र एफका खेल हरु हुदै छन्  । आज समुह ई अन्तर्गत ब्राजिल र सर्बिया तथा कोस्टारिका र स्विजरल्याण्ड भिड्ने छन्  । त्यस्तै समुह एफ अन्तर्गत कोरिया र जर्मनी तथा तथा मेक्सिको र स्विडेन भिड्ने छन्  ।  यहाँ हामिले समुह एफबाट कुन टोलीले अर्को चरण पुग्न के गर्नु पर्छ भन्ने विश्लेषण गरेका छौ  । 

हाल समुह एफको शिर्ष स्थानमा मेक्सिको छ , मेक्सिकोको ६ अंक छ  । मेक्सिकोले स्विडेनसंग बराबरी खेले पनि मेक्सिको अर्को चरण पुग्ने छ  । मेक्सिको हार बेहोरे पनि अर्को चरण पुग्न सक्छ तर त्यसको लागि जर्मनीले हार्नु पर्छ वा जिते पनि मेक्सिकोको भन्दा  कम गोल डिफरेन्स हुनु पर्छ । मेक्सिको बराबरी वा जित हात गर्दै समुह बिजेता बन्ने होडमा हुनेछ  । 

स्विडेनले मेक्सिको संग हार बेहोरेमामार  जर्मनीले आफ्नो खेल जितेमा जर्मनी र मेक्सिको छनौट हुने छन् । तर स्विडेनले मेक्सिकोलाई पराजित गरेमा र जर्मनीले कोरियालाई पराजित गरेका जर्मनी , स्विडेन र मेक्सिको ३ वटै टोलीको समान ६ अंक हुने छ ।  यस्तो अवस्थामा गोल डिफरेन्स राम्रो हुने २ टोली अर्को चरण पुग्ने छन् । 

कोरिया पनि अर्को चरण पुग्न सक्छ । कोरियाले जर्मनीलाई पराजित गरेमा र मेक्सिकोले स्विडेनलाई पराजित गरेमा जर्मनी , स्विडेन र कोरियाको समान ३ अंक हुने छ र यी मध्ये बाट जसको गोल डिफरेन्स राम्रो हुन्छ त्यो एक टोली छनौट हुनेछ । 

यदि जर्मनी र स्विडेन दुवैले १-० गोल अन्तरले जितेमा जर्मनी स्विडेन र मेक्सिको ३ वटै टोलीको समान ६ अंक हुनेछ । साथै सबैको गोल डिफरेन्स +१ हुनेछ ।  यस्तो अवस्थामा जर्मनी र स्विडेन अर्को चरण पुग्ने छन् भने मेक्सिको बाहिरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved