सर्बियाँले जित र स्विजरल्याण्डले बराबरी खेले ब्राजिल बाहिरिने , यस्तो छ रोचक समीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 03:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा बिश्वकप अन्तर्गत आज बुधबार समुह ई र एफका खेल हरु हुदै छन्  । आज समुह ई अन्तर्गत ब्राजिल र सर्बिया तथा कोस्टारिका र स्विजरल्याण्ड भिड्ने छन्  । त्यस्तै समुह एफ अन्तर्गत कोरिया र जर्मनी तथा तथा मेक्सिको र स्विडेन भिड्ने छन्  ।  यहाँ हामिले समुह ईबाट कुन टोलीले अर्को चरण पुग्न के गर्नु पर्छ भन्ने विश्लेषण गरेका छौ  । 

हाल समुह ईको शिर्ष स्थानमा ब्राजिल छ , ब्राजिलको ४ अंक छ  । ब्राजिलले सर्बियाँसंग बराबर खेलमा वा जित हात पारेमा ब्राजिल छनौट हुनेछ  ।  सर्बियाँ र ब्राजिलबिचको खेल बराबरी भए ब्राजिलको ५ अंक र सर्बियाँको ४ अंक हुनेछ । यस्तो अवस्थामा स्विजरल्याण्ड र कोस्टारिकाबीचको खेलको नतिजाले समुह बिजेता र उप बिजेता टुंगो लगाउने छ । 

स्विजरल्याण्डले आफ्नो खेल बराबरी गरेमा वा जिते स्विजरल्याण्ड अर्को चरण पुग्ने छ । ब्राजिलले जितेमा स्विजरल्याण्डको नतिजा जे आए पनि ब्राजिल र स्विजरल्याण्ड छनौट हुने छन् ।  

तर ब्राजिलले हायो भने स्विजरल्याण्डले आफ्नो खेल जिते वा बराबरी गरेमात्र अर्को चरण पुगे छ । यदि ब्राजिल र सर्बियाले बराबरी खेले स्विजरल्याण्डले अर्को चरण पुग्न जित वा बराबरीको नतिजा निकाल्नु पर्ने छ । 

साथै सर्बिया पनि अर्को चरण पुग्न सक्छ । यदि सर्बियाले ब्राजिललाई पराजित गरेमा र स्विजरल्याण्डले बराबरी वा हार बेहोरेमा सर्बिया छनौट हुन् सक्छ । 

यस्ता छन् सम्भावित नतिजा : 

ब्राजिल र स्विजरल्याण्डले जितेमा : ब्राजिल र स्विजरल्याण्ड दोस्रो चरणमा पुग्ने छन्  ।

ब्राजिलले जित र स्विजरल्याण्डले बराबरी खेले : ब्राजिल र स्विजरल्याण्ड दोस्रो चरण पुग्ने छन्  ।

ब्राजिल र कोस्टारिका बिजयी भए : ब्राजिल र स्विजरल्याण्ड दोस्रो चरण पुग्ने छन्  ।

सर्बियाँ र स्विजरल्याण्ड बिजयी भए : सर्बिया र स्विजरल्याण्ड दोस्रो चरण पुग्ने छन्  ।

सर्बियाले जित र स्विजरल्याण्डले बराबरी खेले : सर्बिया र स्विजरल्याण्ड दोस्रो चरण पुग्ने छन्  ।

सर्बिया र कोस्टारिकाले जिते: सर्बिया दोस्रो चरण पुग्ने छ र ब्राजिल र स्विजरल्याण्डबीच मध्ये जसको गोल डिफरेन्स रामो हुन्छ त्यो टिम दोस्रो चरण पुग्ने छ  ।

ब्राजिल र सर्बियाले बराबरी खेलेमा र स्विजरल्याण्डले जितेमा : ब्राजिल र सर्बिया दोस्रो चरण पुग्ने छन्  ।

ब्राजिल , सर्बिया र स्विजरल्याण्डले बराबरी खेलेमा : ब्राजिल र स्विजरल्याण्ड दोस्रो चरण पुग्ने छन्  ।

ब्राजिल र सर्बियाले बराबरी खेलेमा र कोस्टारिकाले जित निकालेमा ब्राजिल र दोस्रो चरण पुग्ने छ भने सर्बिया र स्विजरल्याण्डबीच मध्ये जसको गोल डिफरेन्स रामो हुन्छ त्यो टिम दोस्रो चरण पुग्ने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved