जर्मनीले बनायो बिर्सन लायक रेकर्ड, ८४ बर्षे इतिहासमा पहिलो पटक समुह चरणबाटै आउट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 27, 2018 | 10:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

डिफेन्डिङ च्याम्पियन जर्मनी जारी विश्वकपमा समुहचरणबाटै बाहिरिएको छ। एशियन टिम दक्षिण कोरियासंग २-० ले पराजित भएसंगै विश्वकप  २०१४ को बिजेता जर्मनी समूहचरणबाटै बाहिरिएको हो। 

सुरुवात देखि नै आक्रामक देखिएको कोरियाका अगाडी निरिह देखिएको जर्मनीले गोल अवसर सृजना गर्न नसक्दा लज्जास्पद पराजय बेहोर्न पुगेको छ। दोस्रो हाफको अन्तिम समयसम्म बराबरीको अवस्थामा रहेको खेलमा जर्मनीले अतिरिक्त समयमा दुई गोल खान पुग्यो। 

कोरियाका लागि अतिरिक्त समयमा वाई जी किम र एच एम सनले १-१ गोल गरे। जितको बावजुत पनि कोरिया समुहचरणबाटै बाहिरिएको छ भने यस समुहबाट स्विडेन समुह बिजेट र मेक्सिको उपबिजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन। 

रसियामा जारि बिश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीले ८४ बर्षे इतिहासमा बिर्सन लायक रेकर्ड बनाएको छ। जर्मनीले ८४ बर्षको इतिहासमा पहिलो पटक समुहचरणबाटै बाहिरिएको हो। जर्मनीले पहिलो विश्वकप सन् १९३४ मा खेलेको थियो । त्यसमा जर्मनी तेस्रो भएको थियो । त्यसपछि हरेक बिश्वकपमा जर्मनी नक आउट चरणसम्म पुगेको थियो । तर यो पटक भने जर्मनी समुह चरण बाटै बाहिरिएको छ।

डिफेन्डिङ च्याम्पियन समुह चरणबाट नै बाहिरिएको यो पहिलो पटक भने होइन । डिफेन्डिङ च्याम्पियनहरु फ्रान्स (२००२), इटाली (२००६) र स्पेन (२०१४) र ब्राजिल १९६६  मा समुह चरण बाट नै बाहिरिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved