जापान, सेनेगल र कोलम्बियाको भाग्य परीक्षा आज , छनौट हुन कसलाई कस्तो नतिजा आवश्यक ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 01:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार समुह चरणका अन्तिम खेलहरु हुदै छन्  । जस अन्तर्गत आज समुह समुह जी र समुह एचका गरी ४ खेलहरु हुदै छन्  । आज ७:४५ मा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया भिड्ने छन्  । त्यस्तै राति ११:४५ बजे पनामा र ट्युनिसिया तथा इंग्ल्यान्ड र बेल्जियम भिड्ने छन्   

पनामा र ट्युनिसिया समुह चरणबाट नै बाहिरी सकेका छन् भने  इंग्ल्यान्ड र बेल्जियम नक आउट चरण पुगी सकेका छन् ।  इंग्ल्यान्ड र बेल्जियम बिचको आजको खेलले समूह बिजेताको टुंगो लगाउने छ । हाल दुवैको समान अंक छ ।  आजको खेलको बिजेता समू बिजेता बन्ने छ ।  आजको खेल बराबरी भए दुवै टोलीली पाएको कार्डको आधारमा समुह बिजेताको टुंगो लाग्ने छन् । 

समुह एचमा भने पोल्याण्ड बाहिरिएको छ र अन्तिम १६ मा पुग्नको लागि जापान, सेनेगल र कोलम्बियाको सम्भावना बाँकि नै छ । यी ३ मध्ये २ टोली नक आउट चरणमा पुग्ने छन् । 

हाल समुहको शिर्ष स्थानमा जापान छ भने सेनेगल दोस्रो स्थानमा छ । दुबैको समान ४-४ अंक छ । तेस्रो स्थानमा रहेको कोलम्बियाको ३ अंक छ । यी ३ वटै टोलीको अर्को चरण पुग्ने वा बाहिरिने सम्भावना कायम छ । 

कुन टिम कसरि दोस्रो चरण पुग्छ ?

जापानले आजको खेलमा पोल्याण्डलाई पराजित गरे वा बराबरी खेले जापान अर्को चरण पुग्ने छ । जापान पराजित भए पनि सेनेगलले कोलम्बियालाई पराजित गरेको खण्डमा जापान दोस्रो चरण पुग्ने छ ।

त्यस्तै कोलम्बियाले सेनेगललाई पराजित गरे कोलम्बिया अर्को चरण पुग्ने छ । कोलम्बियाले बराबरी खेले पनि अर्को चरण पुग्न सक्छ तर त्यसको लागि पोल्याण्डले जापानलाई पराजित गर्नु पर्ने छ । कोलम्बिया पराजित भए जापान र सेनेगल अर्को चरण पुग्ने छन् ।

कोलम्बिया माथि जित हासिल गरे वा बराबरी गरे सेनेगल अर्को चरण पुग्ने छ  ।   सेनेगल पराजित भए पनि दोस्रो चरण पुग्न सक्छ । तर त्यसको लागि पोल्याण्डले जापानलाई पराजित गर्नु पर्ने छ र सेनेगलको गोल डिफरेन्स जापानको भन्दा धेरै हुनु पर्ने छ ।

आजका खेलहरुपछि अन्तिम १६ को समीकरण टुंगो लाग्ने छ । हाल सम्म उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स , डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल , स्वीजरल्याण्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा पुगी सकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved