नक आउट चरणका १२ टोलीको प्रतिद्वन्द्वी तय, हेर्नुस कसको खेल को संग ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 03:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार समुह चरणका अन्तिम खेलहरु हुदै छन्  । जस अन्तर्गत आज समुह समुह जी र समुह एचका गरी ४ खेलहरु हुदै छन्  । आज ७:४५ मा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया भिड्ने छन्  । त्यस्तै राति ११:४५ बजे पनामा र ट्युनिसिया तथा इंग्ल्यान्ड र बेल्जियम भिड्ने छन्   

पनामा र ट्युनिसिया समुह चरणबाट नै बाहिरी सकेका छन् भने  इंग्ल्यान्ड र बेल्जियम नक आउट चरण पुगी सकेका छन् ।  

आजका खेलहरुपछि अन्तिम १६ को समीकरण टुंगो लाग्ने छ । हाल सम्म उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स , डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल , स्वीजरल्याण्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा पुगी सकेका छन् । 

  नक आउट चरणमा कसको भिडन्त को संग ? 

पहिलो नक आउट चरणको खेल असार १६ गते शनिवार फ्रान्स र अर्जेन्टिना बीच हुनेछ  । यो खेल ७:४५  बजे हुनेछ  ।  त्यस्तै १६ गते नै राति ११:४५ मा उरुग्वे र पोर्चुगल भिड्ने छन्  । 

१७ गते आइतबार ७:४५् मा स्पेन र रसिया तथा राति ११:४५ मा क्रोएसिया र डेनमार्क भिड्ने छन्  ।  

१८ गते सोमबार ७:४५ मा ब्राजिल र मेक्सिको भिड्ने छन्  । १९ गते मंगलबार स्विडेन र स्विजरल्याण्ड भिड्ने छन्  । 

इंग्ल्यान्ड र बेल्जियम नक आउट चरणमा पुगे पनि उनीहरुको एक खेल बाँकि नै छ  ।  त्यहि खेलले समुह बिजेता र उप बिजेताको टुंगो लगाउने छ  । 

बेल्जियम र इंग्ल्यान्डको प्रतिद्वन्द्वी समुह एचबाट नक आउट चरण मा पुग्ने टोली हुने छन्  । समुह एचमा जापान , कोलम्बिया र सेनेगल मध्ये २ टोली नक आउट चरण पुग्ने छन्  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved