बेल्जियम Vs इंग्ल्यान्ड : जित्नेलाई भन्दा हार्ने टोलीलाई फाइदा हुने, यस्तो छ रोचक समीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 04:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार समुह चरणका अन्तिम खेलहरु हुदै छन्  । जस अन्तर्गत आज समुह समुह जी र समुह एचका गरी ४ खेलहरु हुदै छन्  । आज ७:४५ मा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया भिड्ने छन्  । त्यस्तै राति ११:४५ बजे पनामा र ट्युनिसिया तथा इंग्ल्यान्ड र बेल्जियम भिड्ने छन्   

समुह एचमा भने पोल्याण्ड बाहिरिएको छ र अन्तिम १६ मा पुग्नको लागि जापान, सेनेगल र कोलम्बियाको सम्भावना बाँकि नै छ । यी ३ मध्ये २ टोली नक आउट चरणमा पुग्ने छन् । 

हाल समुहको शिर्ष स्थानमा जापान छ भने सेनेगल दोस्रो स्थानमा छ । दुबैको समान ४-४ अंक छ । तेस्रो स्थानमा रहेको कोलम्बियाको ३ अंक छ । यी ३ वटै टोलीको अर्को चरण पुग्ने वा बाहिरिने सम्भावना कायम छ । 

कुन टिम कसरि दोस्रो चरण पुग्छ ?

जापानले आजको खेलमा पोल्याण्डलाई पराजित गरे वा बराबरी खेले जापान अर्को चरण पुग्ने छ । जापान पराजित भए पनि सेनेगलले कोलम्बियालाई पराजित गरेको खण्डमा जापान दोस्रो चरण पुग्ने छ ।

त्यस्तै कोलम्बियाले सेनेगललाई पराजित गरे कोलम्बिया अर्को चरण पुग्ने छ । कोलम्बियाले बराबरी खेले पनि अर्को चरण पुग्न सक्छ तर त्यसको लागि पोल्याण्डले जापानलाई पराजित गर्नु पर्ने छ । कोलम्बिया पराजित भए जापान र सेनेगल अर्को चरण पुग्ने छन् ।

कोलम्बिया माथि जित हासिल गरे वा बराबरी गरे सेनेगल अर्को चरण पुग्ने छ  ।   सेनेगल पराजित भए पनि दोस्रो चरण पुग्न सक्छ । तर त्यसको लागि पोल्याण्डले जापानलाई पराजित गर्नु पर्ने छ र सेनेगलको गोल डिफरेन्स जापानको भन्दा धेरै हुनु पर्ने छ ।

अर्को समुहमा पनामा र ट्युनिसिया समुह चरणबाट नै बाहिरी सकेका छन् भने  इंग्ल्यान्ड र बेल्जियम नक आउट चरण पुगी सकेका छन् ।  इंग्ल्यान्ड र बेल्जियम बिचको आजको खेलले समूह बिजेताको टुंगो लगाउने छ । हाल दुवैको समान अंक छ ।  आजको खेलको बिजेता समूह बिजेता बन्ने छ ।  आजको खेल बराबरी भए दुवै टोलीली पाएको कार्डको आधारमा समुह बिजेताको टुंगो लाग्ने छन् । 

तर बिश्वकपको समीकरण यस्तो रोचक बनेको छ कि यो खेल हार्ने टोलीलाई धेरै फाइदा पुग्न सक्ने छ ।

नक आउट चरणले निम्न अनुसारले आकार लिएको छ ।


एकातर्फ बलिया टोली मानिएका उरुग्वे, पोर्चुगल, फ्रान्स, अर्जेन्टिना , ब्राजिल,मेक्सिको रहेका छन् । यसमा समुह जिको बिजेता र समुह एचको उप बिजेता थपिने छन् ।

अर्को तर्फ तुलनात्मक रुपमा कमजोर मानिएका देशहरुको बाहुल्यता छ । यहाँ स्पेन मात्र छ जसले यस गाही बिश्वकप जितेको छ । अरु सबै बिश्वकप नजितेका देश छन् । यस तर्फ स्पेन संगै रसिया , डेनमार्क, क्रोएसिया, स्विडेन र स्विजरल्याण्ड छन् । यसमा समुह एचको बिजेता र समुह जिको उप बिजेता थपिने छन् ।

बेल्जियम र इंग्ल्याण्ड दुवै नक आउट चरण पुग्ने पक्का छ । आजको खेलले यी दुई टोली पहिलो वा दोस्रो कुन समुहमा रहने छन् भन्ने टुंगो लगाउने छ । आज हार्ने टोली दोस्रो समुह मा रहने छ । दोस्रो समुहमा रहंदा पहिलो नक आउट चरण पार गरे त्यसपछि स्विडेन वा स्विजरल्याण्ड मध्ये एक टोली संग खेल्नु पर्ने छ । त्यो पनि जिते स्पेन, रसिया , डेनमार्क वा क्रोएसिया मध्ये एक संग खेल्नु पर्ने छ ।

अर्थात् यस दोस्रो समुहमा पर्दा एउटा मात्र पुर्व बिश्व बिजेतासंग खेल्नु पर्ने हुन्छ । यसबाट टोलीलाई अगाडी बढ्न धेरै फाइदा हुन् सक्छ ।

 तर समुह बिजेता भएर पहिलो समुहमा पर्ने टोलीले सुरुको नक आउट चरण पार गरेपछि ब्राजिल वा मेक्सिकोको बिजेतासंग खेल्नु पर्ने छ  । बलियो मानिएको ब्राजिलले बिश्वकप सपना बिथोल्न सक्छ । ब्राजिललाई पाखा लगाउन सके पनि त्यसपछिको खेलमा अर्जेन्टिना, फ्रान्स, पोर्चुगल र उरुग्वे मध्ये एक संग खेल्नु पर्छ । पोर्चुगल बाहेक यी सबै पुर्व बिश्व बिजेता हुन् ।

हालसम्मको समीकरण हेर्दा पहिलो समुहमा ४ बिश्वबिजेता छन् भने दोस्रोमा एउटा मात्र छ । इंग्ल्यान्ड पनि पुर्व बिश्व बिजेता हो तर अहिले यो टिम कुन समुह तर्फ पर्छ भन्ने एकिन छैन । तर आजको खेल हारेको खण्डमा तुलनात्मक सहज प्रतिद्वन्द्वी पाउने निश्चित छ ।

यस्तो अवस्थामा यी दुईले सहज प्रतिद्वन्द्वी पाउन हार्नको लागि खेल्छन् वा जितको साथ उत्कृष्ट लयमा नक आउट चरण पुग्न चाहन्छन त्यो भने हेर्न बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved