बिश्वकपको इतिहास मै पहिलो पटक फेयर प्ले नियम प्रयोग, नतिजा जापानको पक्षमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 10:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप इतिहास मै पहिलो पटक फेयर प्ले नियमको आधारमा नक आउट चरणमा जाने टिमको टुंगो लगाईएको छ । यसको पहिलो फाइदा जापानले लिएको छ ।  जापानको पक्षमा नतिजा गएपछि जापान रसियामा जारि विश्वकपको अन्तिम १६ मा पुगेको छ। पोल्याण्डसंग १-० ले पराजित हुँदै ४ अंकमा सिमित भएको जापान फेयर प्ले बाट प्राप्त पोइन्टकै सहायताले अन्तिम १६ मा पुगेको हो। 

समुह एच अन्तर्गतको आजको खेल नतिजा पश्चात कोलोम्बिया समुह बिजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने समान ४-४ अंक पाएका जापान र सेनेगल मध्ये समूह उपबिजेता बन्दै जापान अन्तिम १६ मा पुगेको हो। 

जापान र सेनेगलबीच समान ४-४ अंक भएपनि फेयर प्ले बाट प्राप्त अंकका कारण जापान अन्तिम १६ मा पुगेको हो। दोस्रो चरणमा जाने टोली टुंगो लगाउनु पर्दा दुवै टोलीको समान अंक भए गोल डिफरेन्स हेरिन्छ, त्यो पनि बराबरी भए गरेको गोल, खाएको गोल र यी दुई बीचको हेड टु हेड नतिजा हेरिन्छ । त्यो पनि समान भए प्रतियोगिता अवधि खाएको पहिलो र रातो कार्डको लेखा जोखा गरिन्छ । यसैलाई नै फेयर प्ले नियम भनिएको हो ।  

सेनेगलले जापानको भन्दा २ वटा बढी कार्ड खाएको हुनाले सेनेगलको -६ अंक भयो भने जापान को -४ अंक भयो । यसै कारण जापान अघिल्लो चरण पुग्न सफल भयो । यस संगै जारि विश्वकपमा जापान एशियाबाट अन्तिम १६ मा पुग्ने एउटा मात्र टिम बनेको छ।  

यस खेल संगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ  ।   उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स , डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल , स्वीजरल्याण्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड ,बेल्जियम, कोलम्बिया र जापान अन्तिम १६ मा पुगेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved