अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लाग्यो, कसको खेल को संग ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 10:28:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार राती समुह चरणका अन्तिम २ खेलहरु हुदै छन्  । जस अन्तर्गत आज  समुह जी अन्तर्गत राति ११:४५ बजे पनामा र ट्युनिसिया तथा इंग्ल्यान्ड र बेल्जियम भिड्ने छन्   

पनामा र ट्युनिसिया समुह चरणबाट नै बाहिरी सकेका छन् भने  इंग्ल्यान्ड र बेल्जियम नक आउट चरण पुगी सकेका छन् ।  यो खेलले समुह बिजेता र समुहको उप बिजेताको टुंगो लगाउने छ  । 

आजका खेलहरुपछि अन्तिम १६ को समीकरण टुंगो लाग्ने छ । हाल सम्म उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स , डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल , स्वीजरल्याण्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड ,  बेल्जियम , जापान र कोलम्बिया अन्तिम १६ मा पुगी सकेका छन् । 

  नक आउट चरणमा कसको भिडन्त को संग ? 

पहिलो नक आउट चरणको खेल असार १६ गते शनिवार फ्रान्स र अर्जेन्टिना बीच हुनेछ  । यो खेल ७:४५  बजे हुनेछ  ।  त्यस्तै १६ गते नै राति ११:४५ मा उरुग्वे र पोर्चुगल भिड्ने छन्  । 

१७ गते आइतबार ७:४५् मा स्पेन र रसिया तथा राति ११:४५ मा क्रोएसिया र डेनमार्क भिड्ने छन्  ।  

१८ गते सोमबार ७:४५ मा ब्राजिल र मेक्सिको भिड्ने छन्  । १९ गते मंगलबार स्विडेन र स्विजरल्याण्ड भिड्ने छन्  । 

१८ गते नै जापानले समुह जीको बिजेताको सामना गर्न छ ।समुह जीको बिजेता इंग्ल्यान्ड र बेल्जियम मध्ये एक हुने छ  । 

त्यस्तै १९ गते नै कोलम्बियाले समुह जीको उप बिजेताको सामना गर्न छ ।समुह जीको बिजेता इंग्ल्यान्ड र बेल्जियम मध्ये एक हुने छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved