४० बर्षदेखिको पिडा भुल्ने दाउमा फ्रान्स, मेसीको असली परीक्षा आज (खेल समीकरण सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 30, 2018 | 05:06:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप अन्तर्गत आजबाट नकआउट चरणका खेलहरु हुँदैछन। नक आउट चरण अन्तर्गतको पहिलो खेलमा फुटबलका दुई हस्ती  अर्जेन्टिना र फ्रान्स भिड्दैछन।

विश्वकपका खेलमा ४० बर्षपछि एक अर्का बिरुद्द भिड्न लागेका दुवै टिम जितको लक्ष्य सहित मैदानमा उत्रनेछन। पछिल्लो समय अर्जेन्टिना र फ्रान्सले ४० बर्ष अगाडी १९७८ जुन ६ मा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा आयोजक अर्जेन्टिनाले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो। त्यस यता यी दुवै टिम विश्वकपमा आमने सामने भएका छैनन।

यी दुई टोली विश्वकपमा पहिलो पटक नकआउट चरणमा भिड्न लागेका हुन्। यसअघि दुवै टोली ११ पटक आमने सामने भइसकेका छन्। जसमा अर्जेन्टिना नै हाबी छ। अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले २ पटकमात्रै जित्न सकेको छ। बाँकी तीन खेलहरू बराबरीमा टुंगिएका छन्।११ मध्ये ८ खेलमा अर्जेन्टिनाले फ्रान्सलाई आफ्नो पोस्टमा गोल गर्न समेत दिएको छैन। 

पछिल्ला १३ विश्वकप खेल्दा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको यो १२ औं पटक हो। तर फ्रान्सले चारपटक मात्र अन्तिम १६ मा स्थान बनएको छ। सन् १९९८ पछि दोस्रो विश्वकपको उपाधि हासिल गर्ने योजनामा अघि बढिरहेको फ्रान्सलाई रोकेर अर्जेन्टिना चार वर्षअघि फाइनल खेलमा बेहोरेको हारलाई बिर्साउँदै तेस्रोपटक विश्वकप उपाधि हासिल गर्ने दाउमा रहेको छ।  

समुहचरण अन्तर्गतको आफ्नो ३ खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी नतिजा ल्याएको अर्जेन्टिनाको प्रदशन फ्रान्सको तुलनामा कम्जोर देखिएको छ। अर्जेन्टिनाले डेब्यु टिम आइसल्याण्डसंग १-१ को बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा क्रोएसियासंग ३-० ले लज्जास्पद हार बेहोरेको थियो। त्यस्तै समुह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया बिरुद्द २-१ को संघर्षपूर्ण जित निकालेको थियो। 

आन्तरिक कलहका कारण अर्जेन्टिनाको मनोबल कम्जोर देखिएको छ। फ्रान्स यसै कलहको फाइदा उठाउने तरखरमा छ। विश्वकप खेल्न अगाडी नै आन्तरिक बिबादमा रहेका कारण अर्जेन्टिनाका मुख्य खेलाडी लियोनल मेसिलाई खेलसंगसंगै टिम व्यवस्थापनको समेत जिम्मेवारी छ। दोहोरो जिम्मेवारीको दबाबमा रहेका मेसिले अर्जेन्टिनाका अर्का म्यारोड़ना बन्ने दाउमा छन। 

समुहचरणको खेलमा दुई जित र एक बराबरीको नतिजा निकालेको फ्रान्स अर्जेन्टिनाको तुलनामा बलियो देखिएको छ। फ्रान्सले अस्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा पेरुलाई १-० ले हराएको थियो। आफ्नो तेस्रो खेलमा डेनमार्कसंग बराबरी खेलेको फ्रान्सले अर्जेन्टिनालाई हराएर १९३४ यताकै रेकर्ड दोहोर्याउने दाउमा रहेको छ। 

फ्रान्सले १९३४ मा बाहेक पछिल्लो ५ वटा विश्वकपमा नक आउट चरणको खेलमा लगातार जित निकालेको छ। सोहि इतिहास दोहोर्याउने दाउमा रहेको फ्रान्सले जारि विश्वकपमा तुलनात्मक रुपमा अर्जेन्टिना भन्दा उत्कृष्ट प्रदशन गरेकाले समेत नतिजा आफ्नो पोल्टामा पार्ने सम्भावना अधिक छ। अर्जेन्टिना र फ्रान्सका कुल ९ जनाले आज पहेलो कार्ड पाएको अवस्थामा यिनीहरुले क्वाटर फाइनलको खेल गुमाउनेछन। 

कहिले हुन्छ खेल ?

अर्जेन्टिना र फ्रान्सबीचको खेल नेपाली समय अनुसार शनिबार राति ७:४५ मा हुनेछ। 

कहाँ हुँदैछ ?

कजान एरिना कजान रंगशालामा प्रतिस्पर्धा हुँदैछ।

पूर्वानुमान:

आजको खेलमा अर्जेन्टिना र फ्रान्सबीचको खेल नतिजा २-१ हुने खेल पण्डितहरुको अनुमान छ।  


   



    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved