पोर्चुगल र उरुग्वेको खेलमा गोडीन र रोनाल्डोबीच कडा टक्कर, उरुग्वेले जित्ने पूर्वानुमान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 30, 2018 | 11:40:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जारि विश्वकपमा आफ्नो बलियो डिफेन्सबाट सबैको दिल जितेको उरुग्वे र गोल्डेन बुटका दाबेदार रोनाल्डोको टिम पोर्चुगलबीच नकआउट चरण अन्तर्गतको दोस्रो खेल हुँदैछ। 

करिब एक करोड ३५ लाख जनसख्या भएको पोर्चुगल र उरुग्वेबीच फिस्ट मैदानमा आमने साम्पने हुनेछन। ३३ बर्षीय पोर्चुगली स्टार रोनाल्डोका लागि यो विश्वकप उत्कृष्ट साबित भएको छ तर दुई पटकको विश्वकप बिजेता उरुग्वेले जारि विश्वकपमा एक पनि गोल खाएको छैन। पोर्चुगलका लागि उरुग्वेसंगको खेल त्यति सहज हुनेछैन।    

क्वाटर फाइनलमा पुग्ने लक्ष्य बोकेको उरुग्वेका सेन्टर ब्याक डिएगो गोडीन प्रि क्वाटर फाइनलमा पोर्चुगलका कप्तान र स्ट्राइकर रोनाल्डोलाई रोक्न कोसिस गर्नेछन।एटलेटीको मेड्रिडको टिममा पर्खालको भूमिका निभाएका गोडीनको गोलसंग गोल बचाउने उत्कृष्ट क्षमता रहेको छ। उनको साथ उरुग्वेको टिममा डिफेन्समा उत्कृष्ट प्रदशन गर्ने सक्ने गिमनज फिट अवस्थामा छन। चोटका कारण गिमनज यस अघिको खेल खेल्न सकेका थिएनन। लुइस सुआआरेज र एन्डीसन जस्ता हस्तीले भरिपूर्ण उरुग्वे बिरुद्द जित निकाल्न पोर्चुगलका लागि सहज हुनेछैन।  

रोनाल्डोको भरमा रहेको पोर्चुगल र उरुग्वेबीचको बिजेताले फ्रान्ससंग क्वाटर फाइनलमा खेल्नेछ। उरुग्वेले जित निकालेको अवस्थामा फ्रान्स र उरुग्वेबीच कडा टक्कर हुने निश्चित छ। 

आफ्नो अन्तराष्ट्रिय करियरमा ८५ गोल गरेका रोनाल्डो जारि विश्वकपमा पुरै लयमा छन। उनि पोर्चुगलको तर्फबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत हुन। 

त्यस्तै उरुग्वेले यदि एक गोल गरेको अवस्थामा उनि विश्वकप इतिहासमा उरुग्वेका लागि सर्वाधिक आठ गोल गर्ने आस्कर मिग्युजको रेकर्डसंग बराबरीमा पुग्नेछन।  

फिफा विश्वकप रेंकिग 

पोर्चुगल-४ 

उरुग्वे-१४ 

अहिलेसम्म दुई खेलमा एक अर्काको सामना गरेका यी दुई टिममा पोर्चुगलले एक जित र एक बराबरीमा टुंगिएको छ। समुह चरणको खेलमा पोर्चुगलले स्पेनसंग ३-३ को बराबरी खेलेको छ भने मोरक्कोलाई १-० ले पराजित गरेको छ। त्यस्तै इरानसंग १-१ को बराबरी खेलेको छ। 

यता जारी विश्वकपमा एक गोल पनि नखाएको उरुग्वेले इजिप्टलाई १-०, साउदी अरबलाई १-० र रुसलाइ ३-० ले पराजित गरेको छ। पोर्चुगल र उरुग्वेबीचको जितको सम्भावना पोर्चुगलको ४९ प्रतिशत र उरुग्वेको ५१ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved