फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा प्रवेश, मेसि र रोनाल्डोको विश्वकप यात्रा सकियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 01, 2018 | 09:41:31 AM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा शनिबार राति सम्पन्न नकआउट चरणको दोस्रो खेलमा दुई पटकको बिश्व बिजेताले साबिकको युरोकप बिजेता पोर्चुगललाई २-१ ले पराजित गर्दै क्याटरफाईनलको यात्रा तय गरेको छ। 

उरुग्वेले पहिलो हाफको सातौं मिनेटमा नै पोर्चुगल बिरुद्द १-० को अग्रता लियो। उरुग्वेका लागि खेलको सातौं मिनेटमा इडिसन काभानीले हेड मार्फत गोल गरे। उनले लुइस स्वारेजको क्रसफिल्डबाट उपलब्ध बललाई पोर्चुगलको जाली चुमाएका थिए।

पहिलो हाफमा सुस्त देखिएको पोर्चुगलले दोस्रो हाफको सुरुवातसंगै आक्रामक खेल प्रस्तुत गर्यो। पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलका लागि दोस्रो हाफको ५५ औं मिनेटमा खेलमा फर्कियो। पोर्चुगलका लागि सो गोल पेपेले गरे। सुरुवातदेखि नै उत्कृष्ट प्रदशन गरेको उरुग्वेले १-१ को बराबरीलाई धेरै बेर टिक्न दिएन। 

आफ्नो दोस्रो गोल गर्दै काभानीले पोर्चुगललाई निराश पारे। खेलको ६२ मिनेटमा फेरि पोर्चुगलको पोस्टमा बल छिराए र अग्रतालाई २-१ पारे। उरुग्वेको तर्फबाट २ गोल गर्दै टिमलाई अग्रता दिलाएका काभानी दोस्रो गोल गरेलगत्तै घाइते हुँदै मैदान छाड्न बाध्य भए। 

काभानीको अभाबमा केहि खस्किएको प्रदशन गरेको उरुग्वेले पुर्चुगललाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा फ्रान्ससंगको भेट निश्चित गरेको छ। सेमिफाइनलका लागि क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स भिड्नेछन। उरुग्वेसंग पराजित भएसंगै पोर्चुगललाई विश्वकप जिताउने रोनाल्डोको सपना अधुरो नै रहेको छ।

फ्रान्ससंग ४-३ गोल अन्तरले पराजित भएको अर्जेन्टिनाको पनि विश्वकप यात्रा टुंगिएको छ। नकआउट चरणको पहिलो र दोस्रो खेलबाट पराजय भोगेका अर्जेन्टिना र पोर्चुगलको विश्वकप यात्रा यहीं टुंगिएसंगै दुई हस्तो लियोनल मेसि र रोनाल्डोको यात्रा समेत यहि टुंगिएको छ। सम्भवत: यी दुई हस्तीको विश्वकप यात्रा यहि नै समाप्त हुनेछ।  

  




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved