युवा स्टार एम्बाप्पे, जसले गरे पेलेको रेकर्ड बराबरी, पेले स्वयंले दिए बधाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 01, 2018 | 11:52:18 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलका 'महान' फुटबल पेलेले फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले आफ्नो ६० बर्षे पुरानो बिश्वकिर्तिमान बराबरी गरेकोमा बधाई दिएका छन। जारि विश्वकपमा शनिबार राति सम्पन्न नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई हराएको फ्रान्सका लागि दुई गोल गरेर एम्बाप्पेले पेलेसँगको रेकर्ड बराबरी गरेका हुन्।

अर्जेन्टिना बिरुद्दको खेलमा १९ बर्षिय एम्बाप्पेले दुई गोल गर्दै नक आउट चरणमा टिनएजले एक भन्दा बढी गोल गर्ने खेलाडी बनेपछि पेलेले ट्वीट गर्दै एम्बाप्पेलाई बधाई दिएका हुन्।    

पेलेले १८ बर्षको उमेरमा सन् १९५८ को विश्वकपमा ब्राजिलका लागि ६ गोल गरेका थिए। सोही रेकर्डलाई बराबरी गर्ने क्रममा फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले रसिया विश्वकपमा शनिबार राति नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाविरूद्ध २ गोल गरेका छन। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग आबद्ध उनले यो विश्वकपमा ३ गोल गरिसकेका छन्।गएराति खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved