क्रोएसिया र डेनमार्क मध्ये कुन टिम पुग्ला क्वाटरफाइनलमा ? यस्तो छ अहिलेसम्मको रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 01, 2018 | 12:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप अन्तर्गत नकआउट चरणको तेस्रो र चौथो खेल आज हुँदैछ। तेस्रो खेल स्पेन र आयोजक रसियाबीच हुनेछ भने चौथो खेल डेनमार्क र क्रोएसियाबीच हुँदैछ। 

प्रि क्वाटरफाइनल अन्तर्गतको डेनमार्क र क्रोएसियाबीचको खेल रोचक बन्ने अपेक्षा गरिएको छ। क्वाटरफाइनलमा पुग्ने लक्ष्य सहित दुवै टिम मैदानमा उत्रनेछन। 

धेरैको नजर क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकमा रहनेछ। मोड्रिकले समुह चरणका सुरुवाती दुई खेलमा नाइजेरिया र अर्जेन्टिना बिरुद्द गोल गरेका थिए भने आइसल्याण्ड बिरुद्दको तेस्रो खेलमा उनले गोल गर्न सकेनन। यद्दपी आइसल्याण्ड बिरुद्दको खेलमा उत्कृष्ट प्रदशन गर्दै धेरै पटक गोल अवसर सृजना गर्न सफल भएका थिए। मोड्रिक आज उत्कृष्ट प्रदशन गरेर क्रोएसियालाई १९९८ पछि क्वाटरफाइनलमा पुर्याउने योजनामा छन।  

समुह चरण अन्तर्गतको तिनै खेलमा जित निकालेको क्रोएसिया बलियो मनोबलको साथमा मैदानमा हुनेछ। क्रोएसियाले जारि विश्वकपमा अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरियालाई पराजित गरेको थियो। डेनमार्क भने तीन खेलमा एकमा जित र दुई खेलमा बराबरी नतिजाको साथ अन्तिम १६ मा पुगेको टिम हो। डेनमार्कले पेरुलाई १-० ले पराजित गरेको थियो भने अस्ट्रेलियासंग १-१ र फ्रान्ससंग ०-० को बराबरी खेलेको थियो।

नम्बर खेल:

-जारि विश्वकपमा ३ खेलमा क्रोएसियाले लगातार जित हासिल गरेको छ। 

-डेनमार्कले १९८६ र २००२ गरि २ पटक पहिले फिफा विश्वकपको अन्तिम १६ को खेल खेलेको छ।

-१९९८ को विश्वकपमा डेनमार्क क्वाटरफाइनल खेल्न सफल भएको थियो। त्यो खेल नै डेनमार्कको अहिलेसम्मको उत्कृष्ट प्रदशन हो।  

-१ पटक मात्र क्रोएसिया टिम विश्वकपको अन्तिम १६ मा पुग्न सफल भएको छ। १९९८ को विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो। 


फ़िफा र्यान्किग 

डेनमार्क-१२ 

क्रोएसिया-२० 


आमने सामने 

कुल खेल-५ 

डेनमार्कको जित-२ 

क्रोएसियाको जित-२ 

बराबरी-१ 

 

समुह चरणमा डेनमार्क 

पेरु बिरुद्द १-० 

अस्ट्रेलिया १-१ 

फ्रान्स ०-० 


समुह चरणमा क्रोएसिया 

अर्जेन्टिना बिरुद्द ३-० 

नाइजेरिया बिरुद्द २-० 

आइसल्याण्ड बिरुद्द २-१ 


जितको सम्भावना:

डेनमार्क: ३२ 

क्रोएसिया:६८ 

 

गोल पूर्वानुमान 

डेनमार्क ३

क्रोएसिया १ 



      





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved