स्पेन र आयोजक रसिया मध्ये कुन टिम पुग्ला क्वाटरफाइनलमा ? यस्तो छ अहिलेसम्मको रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 01, 2018 | 01:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप अन्तर्गत नकआउट चरणको तेस्रो र चौथो खेल आज हुँदैछ। तेस्रो खेल स्पेन र आयोजक रसियाबीच हुनेछ भने चौथो खेल डेनमार्क र क्रोएसियाबीच हुँदैछ। 

प्रि क्वाटरफाइनल अन्तर्गतको स्पेन र आयोजक रसियाबीचको खेल रोचक बन्ने अपेक्षा गरिएको छ। क्वाटरफाइनलमा पुग्ने लक्ष्य सहित दुवै टिम मैदानमा उत्रनेछन।

फिफा विश्वकप २०१८ मा उत्कृष्ट प्रदशन गर्दै बलियो टिमको पहिचान बनाएको आयोजक रुस स्पेन बिरुद्द लुन्जिकी मैदानमा आफ्नो अन्तिम १६ अन्तर्गतको खेल खेल्दैछ। सुरुमा दमदार प्रदशन गरेको रुसले बिस्तारै फितलो प्रदशन गर्दै गएको छ। समूह चरणको खेलमा साउदी अरबलाई ५-० र इजिप्टलाई २-१ ले पराजित गरेको रुस उरुग्वेसंग ३-० ले हारेको थियो।  

फिफा वरियताक्रममा जारि विश्वकप खेल्ने टिमहरु मध्ये सबैभन्दा कम्जोर मानिएको रुसले सोभियत संघको समाप्तिसंगै पहिलो पटक नक आउट चरणमा पुगेर कीर्तिमानी प्रदशन गरेको छ।

पहिलो पटक विश्वकपको नक आउटमा पुगेको रसियाको लागि २०१० को विश्वकप बिजेट स्पेनसंगको खेल सहज हुनेछैन। स्पेनले समुह चरणको खेलमा समेत उत्कृष्ट प्रदशन गरेर विश्वकप बिजेता हुने छनक दिएको छ। स्पेनले समुह चरणको ३ खेलमा पोर्चुगलसंग ३-३ र मोरक्कोसंग २-२ को बराबरी खेलेको थियो भने इरानलाई १-० ले पराजित गरेको थियो। 


नम्बर खेल:

-स्पेनले २०८९ पास पुरा गरेको छ। जुन जारि विश्वकपमा सामेल कुनै पनि टिमको पास भन्दा बढी हो। 

-३ गोल रुसका डेनिस चेरीशेबले २०१८ विश्वकपमा गरे। यहि रेकर्ड स्पेनका डिएगो कोस्टाको पोल्टामा पनि छ। 

-२०१० को च्याम्पियन बनेपछि स्पेनको टिम पहिलो पटक नकआउट चरणमा पुग्दैछ। २०१० को विश्वकप बिजेता स्पेन २०१४ मा समुहचरणबाटै आउट भएको थियो। 


आमने सामने 

कुल खेल -६ 

स्पेनको जित-४ 

रुसको जित-०  

बराबरी -२ 


फिफा वरियताक्रम 

स्पेन-१० 

रुस-७० 


समूह चरणमा स्पेन बिरुद्द 

पोर्चुगल, ३-३ 

इरान १-० 

मोरक्को, २-२ 


समूह चरणमा रुस बिरुद्द 

साउदी अरब, ५-०  

इजिप्ट, २-१ 

उरुगवे, ०-३ 


खेल पूर्वानुमान 

स्पेन ६५ प्रतिशत 

रुस ३५ प्रतिशत 


गोल पूर्वानुमान 

स्पेन-३ 

रुस -० 



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved