रसिया बिरुद्दको खेलमा स्पेनलाई जे डर थियो, आखिर त्यहि भयो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 12:07:09 AM मा प्रकाशित

laxmi  sunrise bank

२०१० को विश्वकप बिजेता स्पेन २०१८ को विश्वकपमा नक आउट चरणबाट नै आउट भएको छ। आयोजक रसियासंग पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन नक आउटबाटै बाहिरिएको हो। 

समारा एरिना रंगशालामा आइतबार सम्पन्न प्रि क्वाटरफाइनलको तेस्रो खेलमा पहिलो हाफमा १-१ को बराबरी खेलेका यी दुवै टिमबीच अतिरिक्त ३० मिनेटमा समेत थप गोल नभएपछी खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पेनाल्टी शुटआउटमा रुसले ४ गोल गर्दा स्पेनले मात्र ३ गोल गर्न सफल रह्यो र नकआउटबाट नै बाहिरियो। स्पेनका लागि कोके र लागो आस्पासको प्रहार रूसका गोलकिपर इगोर अकिनफिभले रोकेका थिए। रूसका लागि फेडोर स्मोलोभ, सेर्जे इग्नासेभिच, एलेक्जेन्डर गोलोभिन र डेनिस भेरिसेभले गोल गर्दा स्पेनका आन्द्रेस एनिस्टा, जेरार्ड पिके र सर्जियो रामोसले मात्र गोल गर्न सके।  

त्यसअघि खेलको १२ औं मिनेटमा सर्गेइ इग्नासहिभिचले आत्मघाति गोल गरेपछि स्पेनले खेलमा अग्रता बनाएको थियो। एसेन्सीयाले प्रहार गरेको फ्रिकिक सर्गेइको खुट्टामा लागेर आत्माघाति गोल भएको थियो।

त्यस्तै आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले खेलमा बराबरी गरेको थियो। तर दोस्रो हाफ र अतिरिक्त समयमा कुनै गोल भएन र पेनाल्टीमा रूसले बाजि मार्यो। जितसंगै रुस क्वाटरफाइनलमा पुगेको छ। सेमिफाइनलमा पुग्नका लागि रुसले क्रोएसिया र डेनमार्कबीचको बिजेतासंग भिड्नेछ।  

स्पेनलाई जे डर थियो, त्यहि भयो 

स्पेन आयोजक टिमसंगको पराजित भएको यो नै पहिलो पटक होइन। सन २०१० को विश्वकप बिजेता स्पेन २०१४ को विश्वकप आयोजक ब्राजिलसंग पराजित भएको थियो। त्यस्तै २००२ को विश्वकपमा  कोरिया र जापान आयोजक रहेको खेलमा स्पेन कोरियासंग पराजित भएको थियो भने १९९० को विश्वकप आयोजक इटलीसंग समेत स्पेन पराजित भएको थियो। 

आयोजक टिमसंगको पराजित हुँदै आएको रेकर्ड तोड्ने लक्ष्य लिएर मैदानमा उत्रेको स्पेनलाई जारि विश्वकप २०१८ मा जे डर थियो आखिर त्यहि भोग्न बाध्य भएको छ। आयोजक टिम रसियासंग १-१ को बराबरी खेलेको स्पेनले अन्तत: पेनाल्टी शुट आउट मार्फत पराजय भोग्दै विश्वकप २०१८ बाट बाहिरिएको छ।    


काेरिया-जापानमा विश्वकप हुँदा रेफ्रीको विवादास्पद निर्णयका कारण स्पेनले पराजय बेहोरेको थियो भने २०१८ को विश्वकपमा समेत रेफ्रीको विवादास्पद निर्णयका कारण स्पेन अन्तिम १६ बाट बाहिरिएको छ। डी एरियामा स्पेनका खेलाडीको हातमा रसियाका खेलाडीले हेड गरेको बलले छुँदा रसियालाई पेनाल्टी दिईएको थियो।     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved