पेनाल्टी शुटआउटमा डेनमार्कलाई स्तब्ध पार्दै क्रोएसिया २० बर्षपछी क्वार्टरफाइनलमा (भिडियो हाइलाइट)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 10:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा वरियताक्रममा २० नम्बरमा रहेको क्रोएसिया २० बर्षपछी फिफा विश्वकप क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति सम्पन्न प्रि क्वाटरफाइनलको खेलमा डेनमार्कलाई पेनाल्टी शुटआउटमा ३-२ ले पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो.

यस अघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेको क्रोएसियालाई डेनमार्कलाई हराउन कठिन रह्यो। नियमित समयमा १-१ को बराबरीमा टुंगिएको खेल अतिरिक्त ३० मिनेटको खेलमा समेत बराबरी भएपछी पेनाल्टी शुटआउटबाट खेलको निर्णय भएको हो। 

खेल सुरु भएको पहिलो एक मिनेटमा नै डेनमार्कले १-० को अग्रता लिएको थियो। तर क्रोएसियाले खेलको चौथो मिनेटमा नै डेनमार्कको अग्रतालाई बराबरी बनाउन सफल भयो।  

क्रोएसियाले अब क्वाटरफाइनलमा आयोजक रसियासंग प्रतिस्पर्धा गर्नेछ। रसियाले स्पेनलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमामा पुगेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved