मेक्सिकोलाई पराजित गर्न ब्राजिललाई कति सहज ? यस्तो छ अहिलेसम्मको खेल आँकडा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 10:54:59 AM मा प्रकाशित

laxmi  sunrise bank

जारि विश्वकपका नकआउट चरणका खेल नतिजाले पांच पटकको विश्वकप बिजेता ब्राजिल मानसिक रुपमा दबाबमा परेको छ। नक आउट चरणको पहिलो र दोस्रो र तेस्रो खेलमा अर्जेन्टिना, पोर्चुगल र स्पेनले बेहोरेको हारलाई लिएर ब्राजिलको आगामी यात्रामाथि समेत प्रश्न उठेको छ। अर्जेन्टिनाका 'महान' फुटबलर म्यारोडनाले समेत ब्राजिलको भविष्य प्रति चिन्ता व्यक्त गरेका छन।    

'अर्जेन्टिना, पोर्चुगल, स्पेन र जर्मनीको अवस्था देखेपछि ब्राजिललाई पनि साबधानी पुर्वक खेल्नुपर्ने हुन्छ' मयारोड्नाले एक कार्यक्रममा भनेका छन। 

क्वाटरफाइनलमा पुग्नका लागि ब्राजिल र मेक्सिकोले आज प्रतिस्पर्धा गर्दैछन। मेक्सिले स्विडेन बिरुद्दको आफ्नो अन्तिम खेलमा कम्जोर प्रदशन गरेपनि जर्मनीलाई पराजित गरेको मेक्सिकोका खेलाडीसंग बलियो आत्मविश्वास रहेको छ। जर्मनी बिरुद्दको मेक्सिको खेललाई लिएर पनि ब्राजिल मेक्सिको बिरुद्दको खेलमा साबधान रहनुपर्ने फुटबल महारथी म्यारोडनाको भनाई छ। 

मेक्सिको र ब्राजिल दुवै टिम आक्रमणको मानसिकताको साथमा मैदानमा उत्रेको अवस्थामा खेल रोमान्चक बन्ने विश्लेषण गरिएको छ। दुवै टिम आक्रामक हुँदा त्यसको दबाब डिफेन्समा पर्नेछ। त्यसैले आजको खेल एक तर्फी नहुने र ब्राजिललाई मेक्सिको बिरुद्दको खेल सहज हुनेछैन। 


नम्बर खेल:

-विश्वकपमा दुवै टिमबीच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। जसमा ब्राजिलले ३ मा जित हासिल गरेको छ भने एक खेल बराबरीमा टुंगिएको छ।   

-यसै बर्ष ब्राजिल र मेक्सिकोबीच ९ प्रतिस्पर्धा भएका छन। जसमा ब्राजिलले ६ जित एकमा हार र एक बराबरीमा टुंगिएको छ। 

-१६ औं पटक विश्वकपमा खेदै गरेको मेक्सिकोको टिम कहिल्यै क्वाटरफाइनलम भन्दा अगाडी बढ्न सकेको छैन। मात्र २ पटक अन्तिम ८ मा पुग्न सफल भएको छ। 


आमने सामने

कुल खेल-४० 

ब्राजिल-२३ 

मेक्सिको- १० 

बराबरी-०७ 


फिफा वरियताक्रम 

ब्राजिल-२ 

मेक्सिको-१५ 


समुह चरणमा ब्राजिल

बिरुद्द स्विट्जरल्यान्ड १-१ 

बिरुद्द कोस्टारिका, २-० 

बिरुद सर्भिया, २-० 

समुह चरणमा मेक्सिको 

बिरुद्द जर्मनी, १-० 

बिरुद दक्षिण कोरिया, २-१ 

बिरुद्द स्विडेन, ०-३ 

जित सम्भावना   

ब्राजिल: ६४ प्रतिशत 

मेक्सिको: ३६ प्रतिशत 

गोल पूर्वानुमान:

ब्राजिल-३, मेक्सिको-१ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved