मेक्सिकोलाई हराउदै ब्राजिल क्वाटरफाइनलमा, नेयमारको उत्कृष्ट प्रदशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 02, 2018 | 10:19:10 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०१८ को नकआउट चरणमा मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेयमार जुनियरको उत्कृष्ट प्रदशनले ब्राजिलले मेक्सिकोलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। 

पांच पटकको विश्वकप बिजेता ब्राजिललाई पहिलो हाफमा गोल रहित बराबरीमा राख्न सफल भएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा मेक्सिको अन्तिम १६ बाट बाहिरिएको छ। मेक्सिको सातौँ पटक नकआउट चरणबाट बाहिरिएको हो।   

ब्राजिलका लागि नेयारले दोस्रो हाफको ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए। दोस्रो गोल पनि नेयमारकै शानदार पासको मद्दतले भएको हो। नेयामारले दिएको पासलाई फिरमिनोले गोलमा परिणत गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए। जितसंगै ब्राजिल क्वाटरफाइनलमा पुगेको छ। सेमीफाइनलका लागि ब्राजिलले बेल्जियम र जापानबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved