४८ बर्षपछि इतिहास दोहोरिदा बेल्जियम अन्तिम ८ मा, ९४ औ मिनेटको गोलले डुबायो जापानलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 09:06:13 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकपको नकआउट चरणको दोस्रो खेलमा एसियाली टोली जापान बेल्जियमसँग स्तब्ध भएको छ। निकै रोमाञ्चक खेलमा बेल्जियमसँग ३-२ गोल अन्तरले पराजित भएसँगै जापानको रुस विश्वकप यात्रा टुङ्गिएको छ। मध्यान्तर अघिसम्म कुनै पनि टोलीले गोल गर्न सकेको थिएन। मध्यान्तरपछिको शुरूतिरै शानदार दुई गोल गर्दै जापानी टोलीले बेल्जियमसँग २-० को अग्रता लिएको थियो।

    सो अग्रतासँगै सन् २००२ मा दक्षिण कोरिया र सन् १९६६ मा उत्तर कोरियापछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना देखिएको थियो । तर पछि युरोपेली टोली बेल्जियमले खेल बराबरीमा ल्यायो।

    र, 'इञ्जुरी' समयमा (९४ औ मिनेटमा ) बेल्जियमको टोलीले गरेको गोलले उसलाई क्वार्टरफाइनलमा पुर्‍यायो भने जापानी टोलीको अगाडिको यात्रालाई रोकिदियो। पराजयपछि जापानी प्रशिक्षक अकिरा निशिनोले भने, "म स्तब्ध छु। अग्रता लिए पनि हामी जित्न सकेनौँ। झिनो अन्तरले हार हो। तर अब त्यो झिनोको कुनै अर्थ रहेन।"

    अन्तिम आठमा शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ। जितपछि रोबेर्टो मार्टिनेजले भने, "जापानलाई पनि बधाई दिऊँ। उनीहरूले एकदमै राम्रो खेले।" 

    यससंगै बेल्जियमले ४८ बर्षपछिको इतिहास पुन दोहोर्याएको छ । ४८ बर्षपछि पहिलो पटक २-० ले पछि परेको टोलीले खेलमा पुनरागमन गर्दिया खेल जित्न सफल भएको हो । र त्यो सफल टोली बेल्जियम बनेको छ । यस अघि वेस्ट जर्मनीले १९७० मा इंग्ल्यान्डसंग २-० ले पछि परेको अवस्थामा खेलमा पुनरागमन गर्दै खेल जितेको थियो ।


    Share Your Thoughts

    Recent News

    Main News

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved