फ्रान्स बन्यो विश्वकप २०१८ को सेमिफाइनलमा पुग्ने पहिलो टिम, उरुग्वे 'इरा' समाप्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 06, 2018 | 10:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्स विश्वकप २०१८ को सेमिफाइनलमा पुगेको छ। रसियामा जारि विश्वकप क्वाटरफाइनल अन्तर्गतको खेलमा उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो। 

उरुग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकप २०१८ मा सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। पहिलो हाफको ४० औं मिनेटमा फ्रान्सका वरानले हेड मार्फत गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए। 

उरुग्वेका गोल किपरले फ्रान्सका एन्टोनी ग्रिज्मेनको प्रहार रोक्न नसक्दा खेलमा फर्कने प्रयास गरेको उरुग्वेका लागि खेलको ६१ औं मिनेटमा ठुलो धक्का लाग्यो। गोलकिपरको गल्तिकै कारण दोस्रो गोल खाएको उरुग्वेले खेलमा फर्किने प्रयास जारि राखेपनि अन्तत उरुग्वे फ्रान्ससंग २-० ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ।

हारसंगै उरुग्वे 'इरा' सकिएको छ। सम्भवत: उरुग्वेका लुइस सुरेज, काबेनी, डिएगो गोडीन, मुस्लेरा लगायतका चर्चित खेलाडीहरुको लागि यहि विश्वकप अन्तिम हुन सक्नेछ। फ्रान्सले फाइनलमा पुग्नका लागि बेल्जियम र ब्राजिलबीचको बिजेतासंग खेल्नेछ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved