स्विडेन र इंग्ल्याण्ड मध्ये कुन टिम पुग्ला सेमिफाइनलमा ? यस्तो छ अहिलेसम्मको रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 07, 2018 | 07:08:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो ५२ बर्षदेखि विश्वकप उपाधि जितको पर्खाईमा रहेको इंग्ल्याण्डले क्वाटरफाईनलमा स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ। समारा एरिना रंगशालामा हुने खेलमा इंग्ल्याण्डले तुलनात्मक रुपमा स्विडेनजस्तो सजिलो टिम पाएको छ। 

अन्तिम १६ को खेलमा कोलोम्बियालाई पेनाल्टी शुटआउटमा पराजित गरेको इंग्ल्याण्ड बलियो मनोबलको साथ मैदानमा उत्रिनेछ। स्विट्जरल्यान्ड जस्तो बलियो टिमलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको स्विडेनलाई पराजित गर्न इंग्ल्यान्डका लागि सहज हुनेछैन। इटली र नेदरल्याण्ड जस्ता फुटबलका महारथीलाई पराजित गरेर विश्वकप क्वालीफाई भएको स्विडेन यस विश्वकपमा बलियो टिमका रुपमा प्रस्तुत भएको छ।  

 सन १९६६ मा विश्वकप जितेको इंग्ल्याण्डको बिगतको विश्वकप अनुभब नमिठो रहेपनि यस पटक इंग्ल्याण्डले उपाधि कब्जाको लागि पुरा मेहनत गर्नेछ। 

विश्वकपमा यी दुईबीच अहिलेसम्म ४ प्रतिस्पर्धा भएका छन। जसमा सबै खेल ड्र भएका छन। जारि विश्वकपमा ६ गोल गरेका इंग्ल्याण्डका कप्तान हेरी केन २०१८ को गोल्डेन बुटको दौडमा छन। 

इंग्ल्याण्डले यस विश्वकपमा कुल ९ गोल गरेको छ। इंग्ल्याण्ड १२ गोल गरेको बेल्जियम पछी धेरै गोल गर्नेमा दोस्रो स्थानमा छ। त्यस्तै स्विडेनले जारि विश्वकपमा मात्र २ गोल खाएको छ। 

फिफा र्यान्किग 

इंग्ल्याण्ड-१२ 

स्विडेन-२४ 


आमन सामने 

कुल खेल-२४ 

इंग्ल्याण्ड जित- ८ 

स्विडेनको जित-७ 

बराबरी- ९  

सम्भावित नतिजा 

इंग्ल्याण्ड-५४ प्रतिशत 

स्विडेन-४६ प्रतिशत

गोल अनुमान 

इंग्ल्याण्ड-२, स्विडेन-१ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved