आयोजक रसिया र क्रोएसिया मध्ये कुन टिम पुग्ला सेमिफाइनलमा ? यस्तो छ अहिलेसम्मको रेकर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 07, 2018 | 07:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बिस बर्षअघि पहिलो पटक विश्वकपमा खेल्न आउँदा सेमिफाइनलमा पुगेको क्रोएसिया त्यसयता अन्तिम ४ मा पुग्न सकेको छैन। आयोजक रुसलाई पराजित गर्न सकेको अवस्थामा क्रोएसिया २० बर्षपछी पहिलो पटक सेमीफाइनलमा पुग्नेछ। 

जारि विश्वकपमा अनेपेक्षित नतिजा आएको छ। तर क्रोएसियाले अहिलेसम्मको खेलमा उत्कृष्ट प्रदशन गर्न सक्षम भएको छ। कप्तान लुका मेड्रिड, मारियो र इवान रेकेटिकलाई सन १९९८ मा डेवर सुकेर, जोमिनेर बोबन र स्लाबेन बिलिकको प्रदशन जस्तै उत्कृष्ट प्रदशन गर्ने दबाब छ। जारि प्रतियोगितामा अन्तिम १६ को खेलमा डेनमार्कलाई पेनाल्टी शुट आउटमा पराजित गरेको क्रोएसियासंग अन्तिम १६ मा गरेको उत्कृष्ट प्रदशन कै कारण बलियो मनोबल छ। छनौट चरणका सबै खेलमा क्रोएसिया विजयी बन्दै बलियो मनोबलका साथ मैदानमा हुनेछ।

क्रोएसिया २०१४, २००६ र २००२ मा समुह चरणबाटै बाहिरिएको थियो भने २०१० मा विश्वकपमा छनौट समेत हुन असफल भएको थियो। १९९८ विश्वकपमा नेदरल्याण्डलाई हराएर क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो। विश्वकपमा क्रोएसियाको यो नै सबैभन्दा ठुलो उपलब्धि हो। 

तर जारि विश्वकपमा सामेल टिम मध्ये फिफा वरियता क्रममा अन्तिम स्थानमा रहेको रसियालाई कम्जोर ठान्नु क्रोएसियाका लागि घातक साबित हुनेछ। घरेलु दर्शकको समर्थनको साथमा रसियासंग स्पेनलाई पेनाल्टी शुट आउटमा पराजित गरेको बलियो मनोबल छ। समुह चरणमा इजिप्ट र साउदी अरबबिरुद्द एक तर्फी जित हासील गरेको रसियाले अन्तिम १६ मा स्पेन जस्तो विश्वकपको उपाधि दाबेदारलाई पराजित गरेको थियो। 

फिफा र्यान्किंग 

क्रोएसिया-२० 

रसिया-७० 


आमने सामने 

कुल खेल-०३ 

क्रोएसियाको जित-१ 

रसियाको जित-० 

बराबरी-२ 

जित सम्भावना:

क्रोएसिया -६० प्रतिशत 

रसिया-४० प्रतिशत 

गोल अनुमान 

क्रोएसिया-२ 

रसिया-० 




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved