२० बर्षपछी विश्वकपमा क्रोएसियालाई सफलता, आयोजक रसियालाई हराउदै सेमीफाइनलमा (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 08, 2018 | 01:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जारि विश्वकप २०१८ मा उत्कृष्ट प्रदशन गरेको आयोजक रसिया विश्वकप उपाधिको दौडबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न क्वाटरफाइनलमा  पेनाल्टी शुट आउटबाट भएको निर्णयमा क्रोएसियासंग पराजित हुँदै रसिया विश्वकप उपाधिबाट बाहिरिएको हो। 

निर्धारित समयमा १-१ को बराबरी खेलेका दुवै टिमले अतिरिक्त ३० मिनेटमा थप १-१ गोल गरे। अतिरिक्त समयमा पनि २-२ को बराबरीमा खेल टुंगिएपछी पेनाल्टी शुट आउटबाट बिजेता चयन भएको हो।

पहिलो हाफको ३१ औं मिनेटमा रसियाका चेरिशेबले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। लगत्तै क्रोएसियाका करमारिकले खेलको ३९ औं मिनेटमा गोल गर्दै टिमलाई १-१ को बराबरीमा पुर्याए। 

दोस्रो हाफको नियमित समयसम्म पनि बराबरी भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा क्रोएसियाका भिडाले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाएपनि  रसियाले त्यो अग्रता धेरै बेर टिक्न दिएन। रसियाका लागि फर्नानडेजले ११५ औं मिनेटमा गोल गर्दै २-२ को बराबरीमा पुर्याए। अन्तत पेनाल्टी शुटबाट भएको निर्णयमा क्रोएसिया भाग्यमानी साबित भयो।

सन १९९८ को विश्वकपमा नेदरल्याण्डलाई हराएर तेस्रो स्थान हासिल गरेको क्रोएसियाका लागि रसिया बिरुद्दको जित त्यसयताकै ठुलो उपलब्धि हो। सन २०१० मा विश्वकप छनौट हुन नसकेको क्रोएसिया २० बर्षपछी सेमिफाइनलमा पुगेको हो। क्रोएसिया २०१४, २००६ र २००२ मा समुह चरणबाटै बाहिरिएको थियो।    

पेनाल्टीमा क्रोएसियाले रसियालाई ४-३ ले पराजित गरेको हो। यससंगै क्रोएसिया विश्वकप २०१८ को अन्तिम ४ मा पुगेको छ। फाइनलका लागि क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ। क्रोएसिया र इंग्ल्याण्डबीचको सेमिफाइनलको भिडन्त जुलाई ११ मा हुनेछ। 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved