बिश्वकप हेरे फर्केका नेपालीको अनुभव 'स्टेडियमबाट मेस्सीलाई देख्दा एकछिन बिश्वास नै लागेन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 08, 2018 | 05:38:07 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्व कप २०१८ फुटवलको महाकुम्भमा पुगरे प्रत्यक्ष खेल हेरर फर्किएकाहरुले रसिया पुगेर प्रत्यक्ष खेल हेरर फर्किएको कुरा पत्याउन सकिरहेका छैनन् । उनीहरुले कोकाकोलाद्वारा आयोजित ‘कोक खाम् रसिया जाम्’ अभियानका विजेताको रुपमा रसिया गएर प्रत्यक्ष खेल हेर्ने अवसर पाएका थिए । 

यस्तो छ उनीहरु मध्ये केहिको अनुभव  । 

 नरेश जोशी

जाने बेलाभन्दा बढी उत्साहित आए पछि लागिरहेको छ । फोटोहरु हेर्दा अब फेरि जान पाए हुन्थ्यो जस्तै लागी रहेको छ । मलाई अब बल्ल फुटबल प्रति बढी इन्ट्रेस्ट लागिरहेको छ । टिभीमा म्याच हेर्दा म त्यो ठाउँमा पुगेर आइसकेको हो भन्ने फील हुन्छ । स्टेडियममा पुग्दा र त्याँहाको माहोल सम्झिँदा त अहिले पनि गुज बम्प्स आँउछ । हामिसँगै जानु भएको साथिहरुले नेपालको झन्डा लगेर जानु भएको थियो । स्टेडियममा थुप्रै देशका दर्शकहरु आउनु भएको थियो र सबैले आ–आफ्नो देशको झन्डा बोकेर आउनु भएको थियो । हाम्रो झन्डा सबै भन्दा ठुलो र फरक आकारको थियो , त्यो झन्डा त्यहाँ लहराउँदा सार्है गर्व महसुस भयो । कोकाकोलाले गर्दा त्यहाँसम्म पुग्न पाइयो र कहिले न सोचेको विश्वकप हेर्ने मौका जुर्यो । म कोकाकोला कम्पनीलाई हृदयदेखि नै धन्यबाद भन्न चाहन्छु ।

पुष्पा श्रेष्ठ

रसिया पुगेर विश्व कप हेरेर आए निकै नै खुशी छु । कोकाकोलाबाट कल आउँदा  त बिश्वास नै लागेको थिएन । आमाको मुख हेर्न बिराटनगर गएकी थिए कोकाकोलाबाट कल आएपछि खुशीले गर्दा अर्को दिनको बिहानैको उडान लिएर काठमाडौँ फर्की हाले । म धेरै पटक विदेश भ्रमणमा गैसकेकी छु र अरु पनि प्लान गर्दैछु । तर विश्वकप हेर्ने त कहिले सोचेको पनि थिईन । हामी आम नेपालीका लागि त त्यो एउटा सोच भन्दा पनि बाहिरको कुरा हो । विश्वकप मात्र नभई हामीले रुसको सिटी टुर पनि गर्ने मौका पायौं । रसिया पुग्दा कुनै उत्सव या चाडपर्वमा आए जस्तै लग्यो । त्यहाँको माहोल निकै रमाइलो र उत्सवमय थियो  । कुनै मेलामा पुगे जस्तै लाग्यो । स्टेडियममा छिर्दा त गुज बम्प्स नै आयो । कोकाकोलाले  निकै राम्रो र व्यवस्थित व्यवस्था गरेको थियो । बस्ने खाने सबै बन्दोबस्त सोचेको भन्दा राम्रो थियो । म आफैं पनि ट्रावल एजेन्सीमा काम गर्छु र मलाई थाहा छ यस्तो एरेन्जमेन्ट कति गाह्रो हुन्छ २० जनालाई म्यानेज गर्न  । तर कोकाकोलाले यो ट्रीप निकै  व्यवस्थित तरिकाले व्यवस्था गरेको थियो । मेरो त परिवार नै सार्है खुसी छ ,मैले यस्तो मौका पाएकोमा । म आशा राख्छु कि कोकाकोलाले भविष्यमा पनि यस्ता वान्स–इन–अ–लाईफ टाईम अवसर फेरि फेरि ल्याउने छ । 

उदिप बराल

म फुटबलको निकै ठुलो फ्यान हूँ । तर विश्व कप हेर्न जान्छु होला जस्तो कहिल्यै लागेको थिएन । यसको बारेमा त कहिले सोचेको पनि थिएन । यो मेरो सोच भन्दा बाहिरको कुरा थियो । जब मैले कोकाकोलाबाट कल पाए मेरो खुशीको सीमा नै थिएन । जानु अघिनै १० हजार त साथी–भाईहरुलाई पार्टी दिएरै सकियो । नेपाल एरपोर्टमा नै  खुशीले गर्दा म नर्वस भैसकेको थिए । रसिया पुग्दा त कस्तो भयो भन्नै सक्दिन । यो मेरो जीवनकालको सबै भन्दा यादगार र  अविस्मरणीय पल थियो । स्टेडियमबाट मेस्सीलाई देख्दा एकछिन बिश्वास नै लागेन । कहिले विदेश गएको थिइन । त्यहाँको माहोल देखेरै म त दङ्ग परे । कोकाकोलाले मलाई मेरो जीवनको सबै भन्दा ठुलो उपहार दिएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved