'विश्वकप प्रतियोगिताकै उत्कृष्ट खेल हुनेछ फ्रान्स र बेल्जियमबीचको सेमिफाइनल'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 10, 2018 | 10:24:44 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप सेमिफाइनलमा दक्षिण अमेरिकी वा एसियन टिम नपुग्दा त्यसले फुटबल प्रेमीलाई केहि दुखित बनाएको छ। ब्राजिल र उरुग्वेले अन्तिम ४ मा आफ्नो स्थान बनाउन सक्ने अवस्था हुँदाहुँदैपनि अवसरको सदुपयोग गर्न नसक्दा उनीहरुसमेत क्वाटरफाइनलबाटै बाहिरिएका छन। 

युरोपियन टिमहरुको मात्र बर्चस्व रहेकाले युरोपियन लिग जस्तो लागेपनि विश्वकप २०१८ को सेमिफाइनलको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। घरेलु मैदानमा युरो २०१६ को तितो अनुभब भुलाउने आशमा रहेको फ्रान्सले यस विश्वकपमा सन्तुलित खेल प्रदशन गरिरहेको छ। स्वभाबमा फ्रान्सभन्दा केहि फरक देखिएको बेल्जीयम बलियो आत्मविश्वासका साथ अगाडी बढेको छ। त्यसैले पनि यी दुवैबीचको सेमिफानलको खेल हेर्न लायक हुनेछ। 

क्वाटरफाइनलमा बलियो टिमहरुलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेका यी दुई टिमको आत्मबिश्वासले आकाश छोएको छ। दुवै टिमबीचको खेलमा आक्रामक प्रदशन मात्र नभई रणनीतिक लडाईपनि हेर्न पाइनेछ। कम्तिमा पनि पहिलो हाफमा त्यस्तै देख्न पाइनेछ, यदि कुनै एक टिमले सुरुमै गोल नगरेको अवस्थामा। 

१९८६ को सेमिफाइनल र २०१४ को क्वाटरफाइनलमा फ्रान्ससंग हारेको बेल्जियम यस पटक धेरै बलियो फर्ममा देखिन्छ। समुह चरणको खेलमा आफ्नो ग्रुपमा पहिलो स्थानमा रहने चाहनाले पनि बेल्जियमको आत्मविश्वास बलियो छ भन्ने पुष्टि हुन्छ। ग्रुपमा शिर्ष स्थानमा रहंदा ब्राजिल जस्तो बलियो टिमसंग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि उसले समुह चरणको पहिलो बन्ने हिम्मत देखाएको थियो, जस कारण पनि बेल्जियमसंग बलियो आत्मविश्वास छ भन्ने पुष्टि हुन्छ।   

त्यस्तै फ्रान्ससंग पनि बिपक्षी टिमलाई दबाबमा राख्ने कला भरिपूर्ण छ। एमबापेको गति र एन्टोनी ग्रिजमेनको स्ट्राइकिंग क्षमताको भरोसामा फ्रान्सले बिपक्षीलाई दबाबमा राख्न सफल हुँदै आएको छ। तर फ्रान्सको तुलनामा बेल्जियमको स्वभाव परिस्तिथि अनुसार खेल्ने रहेको छ। जापान बिरुद्दको खेलमा पहिले ०-२ ले पछाडी परेको बेल्जियमले ३० मिनेटको अन्तरालमा तीन गोल हान्यो। त्यस्तै ब्राजिल बिरुद्दको खेलमा आफ्नो पुरा क्षमता डिफेन्समा दिएको बेल्जियमको टिममा रोमेलु लुकाकु एक पावरहाउसको रुपमा देखिएका छन। उनलाई इडन हाजार्ड, केबिन डी ब्रुनेको साथ छ। बेल्जियमका खेलाडीहरुले जुन रफ्तारमा एक अर्कालाई बल पास गर्छन, त्यो दर्शकका लागि जति हेर्न लायक हुन्छ त्यो भन्दा बढी बिपक्षीलाई दबाबमा राख्न सफल हुन्छन।   

फ्रान्स बिरुद्दको खेलमा बेल्जीयमको चुनौती थप बढ्नेछ। ब्राजिल बिरुद्दको खेलमा केसमिरोको अनुपस्तिथिमा बेल्जियमलाई विपक्षको पोष्टमा तिब्र रुपमा बल लैजान धेरै खालि स्पेस मिलेको थियो। तर पाल पोग्बा र एन गोलो कांटे जस्ता बलियो डिफेन्स अगाडी ब्राजिलसंग जस्तो फ्रान्सबिरुद्द खेल्न बेल्जियमलाई सहज हुनेछैन। 

त्यसैले पनि बेल्जियम र फ्रान्सबिरुद्दको खेल हेर्न धेरै आनन्द हुनेवाला छ। आक्रामण, डिफेन्स, मिडफिल्डको साथसाथै दुवै टिमसंग भरपर्न लायकका गोलकिपर छन। दुवै किपर मध्ये कुन बलियो स्तिथिमा छन भन्न मुस्किल देखिन्छ। जित्ने प्रबल इच्छा दुवै टिममा छ। गोल गर्ने क्षमता र दबाबलाई सहन सक्ने योग्यताले भरिपूर्ण यी दुई टीमबीचको खेल यो विश्वकप प्रतियोगिता मध्येकै सर्वश्रेष्ठ हुने अपेक्षा छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved