फाइनल पुगेर इतिहास रच्ने दाउमा क्रोएसिया, इंग्ल्याण्डको यात्रामा लाग्ला त पूर्णविराम ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 11, 2018 | 03:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी विश्वकप फुटबलको २१ औँ संस्करणमा सेमीफाइनलका खेलहरु मंगलबारबाट सुरु भएका छन् । हिजो भएको पहिलो सेमिफाईनलमा फ्रान्स विजयी भयो । उसले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको छ । 

दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया आज राति रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भिड्दैछन् । सन् १९९० पछि इंग्ल्याण्ड पहिलो पटक विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको सेमिफाइनल खेल्दैछ । सन् १९६६ को विजेता इंग्ल्याण्डले त्यसपछि एक पटकमात्र सन् १९९० मा विश्वकपको सेमिफाइनल खेलेको थियो । 

युरोकप २००४ को समूह चरणको खेल पछि इंग्ल्याण्ड र क्रोएसियाको पहिलो भेट हो । त्यतिबेला इंग्ल्याण्डले ४–२ गोलअन्तरको जित दर्ता गरेको थियो । त्यसपछिका चार भेटमा दुवैले दुई–दुई पटक जितेका छन् । 

क्रोएसियाले प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलमा डेनमार्क र रुसलाई पेनाल्टी शुटआउटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । आज हुने इंग्ल्याण्डविरुद्धको खेल जितेमा क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा पुगेर नयाँ इतिहास बनाउनेछ । सन् १९९८ को विश्वकपबाट डेब्यू गरेको क्रोएसिया सोही टुर्नामेन्टमा तेस्रो भएको थियो । 

अबको ५ दिनपछि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा नै फाइनल भिडन्त हुनेछ । फाइनलमा फ्रान्ससँग कुन देश भिड्छ भन्ने टुङ्गो आजको खेलपछि लाग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved