परम्परा तोड्दै फिफाले सार्वजनिक गर्यो कतारमा हुने विश्वकप २०२२ को समय तालिका

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 14, 2018 | 11:49:08 AM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा विश्वकप २०१८ जारि रहँदै कतारमा हुने २०२२ को विश्वकपको समय तालिका सार्वजनिक भएको छ। मस्कोमा आयोजित पत्रकार सम्मेलनमा फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतारमा हुने विश्वकपको समय तालिका सार्वजनिक गरेका हुन। 

इन्फान्टिनोका अनुसार कतारमा हुने विश्वकप २०२२ को खेलहरु नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछन। २०२२ को विश्वकपको फाइनल खेल कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ। यससंगै इतिहासमै पहिलो पटक विश्वकपको खेल जाडो महिनामा हुन लागेको हो।    

विश्वकप २०२२ को आयोजना पहिलो पटक जाडो महिनामा हुने भएकाले फुटबल क्यालेन्डर पनि परिवर्तन हुनेछन। सबै लिगहरुलाई सूचना दिइसकिएको र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्ने इन्फान्टिनोको भनाई छ।      

२१ औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नुपर्ने भएको हो। फुटबलका अधिकांश घरेलु लिगहरु अगस्ट देखि अप्रिलसम्म हुने गरेका छन्।

त्यस्तै २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुनेछन। कतारको २०२२ को विश्वकप नै ३२ टिम समावेश गरेर खेलाइने अन्तिम विश्वकप हुनेछ। अमेरिका, क्यानडा र मेक्सिको हुने विश्वकप २०२६ मा ४८ टिमको सहभागिता रहनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved