३२ बर्षपछि विश्वकपमा बेल्जियमलाई सफलता, इङ्ल्याण्डलाई पराजित गर्दै तेश्रो बन्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 14, 2018 | 10:32:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बेल्जियम २१ औं विश्वकप फुटबलमा तेस्रो भएको छ। रसियामा जारी विश्वकप २०१८ को २१ औं संस्करणको खेलमा इंग्ल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम तेस्रो भएको हो। 

विश्वकप २०१८ मा तेस्रो स्थान हासिल गर्दै बेल्जियमले फुटबलमा अहिलेसम्मकै ठुलो सफलता हासिल गरेको छ। यस अघि सन १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो। 

पराजयसंगै इंग्ल्यान्ड फेरी अर्को पटक चौथो स्थानमा सिमित भएको छ। सन १९६६ को विश्वकप बिजेता इंग्ल्याण्डले सन १९९० को विश्वकपमा इटालीसंग पराजित हुँदै चौथो स्थानमा चित्त बुझाएको थियो।

फुटबलमा अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गरेको बेल्जियमले उत्कृष्ट प्रदशन गर्दै इंग्ल्याण्डलाई २-० ले पराजित गर्यो। खेलको चौथो मिनेटमा नै नासिर चाड्लीको पासमा थोमस मुनिरले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए।       

बेल्जियमले पहिलो हाफको अग्रतालाई निरन्तरता दिंदै दोस्रो हाफमा अर्को गोल गर्दै जित सुनिस्चित गरेको हो। बेल्जियमका लागि कप्तान इडेन हाजार्डले केभिन डी ब्रुयनको पासलाई पेनाल्टी एरिया नजिकैबाट गोल गरेका थिए। जारि विश्वकपमा हाजार्डको यो व्यक्तिगत तेस्रो गोल हो।   

जारि विश्वकपको बिजेता टिम छनौटका लागि भोलि फाइनल हुनेछ। फ्रान्स र क्रोएसिया मस्कोको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजे विश्वकप २०१८ को फाइनल खेल हुनेछ।   

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved