क्रोएसियाका कप्तान लुकालाई उत्कृष्ट खेलाडीको अवार्ड, यस्तो छ गोल्डेन बल र गोल्डेन बुटको इतिहास

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 16, 2018 | 09:13:40 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ। क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधित जितेको हो। फ्रान्सले यस अघि सन १९९८ मा विश्वकप उपाधि जितेको थियो। 

विश्वकप सकिदै गर्दा विश्वको नजर गोल्डेन बुट, गोल्डेन बल र गोल्डेन गलब्स बिजेताको खेलाडीमा परेको छ। २०१८ को विश्वकपमा धेरैले अपेक्षा गरेभन्दा फरक नतिजा आएको छ। त्यसमा पनि क्रोएसियाको फाइनलसम्मको यात्राले विश्वलाई फुटबलको नयाँ महारथी मिलेको छ। सन १९९८ मा आफ्नो पहिलो विश्वकप खेल्दा तेस्रो भएको क्रोएसियाका लागि २०१८ को विश्वकपमा दोस्रो स्थान मिलेको छ। जुन क्रोएसियाका लागि फुटबल इतिहासमै अहिलेसम्मकै ठुलो उपलब्धि हो। 

हेरी केनलाई गोल्डेन बुट 

इंग्ल्याण्डका कप्तान तथा फरवार्ड हेरी केन विश्वकप २०१८ को गोल्डेन बुट बिजेता बनेका छन। गोल्डेन बुटको दौडमा रहेका बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई पछी पार्दै केनले गोल्डेन बुट जितेका हुन। यस विश्वकपमा सबै भन्दा युवा कप्तान २४ बर्षिय केनले ६ खेलमा एक ह्याट्रिक सहित कुल ६ गोल गर्दै गोल्डेन बुट जिते। त्यहीं उनका निकटतम प्रतिस्पर्धी २५ बर्षिय लुकाकले पांच खेलमा चार गोल गरे। 

लुका मेड्रिडलाई बेस्ट प्लेयर अफ द टुर्नामेन्टको अवार्ड 

विश्वकप २०१८ मा उत्कृष्ट प्रदशन गर्ने खेलाडीलाई नै बेस्ट प्लेयर अफ द टुर्नामेन्टको अवार्ड दिने गरिन्छ। यो अवार्डको दौडमा क्रोएसियाका कप्तान लुका मेड्रिड, फ्रान्सका कायलिन म्बापे र बेल्जियमका केबिन डी ब्रुईन तथा फ्रान्सका एडेंन हेजाड थिए। तर क्रोएसियाका कप्तान लुका मेड्रिडले बाजी मारेका छन। 

१९९४ पछि कहिल्यै पनि बिश्व बिजेता बन्ने टिमका खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन। १९९४ मा ब्राजिलका रोमारियोले यो अवार्ड हात परेका थिए।    

बेल्जियमका थिबांट कोरटुइसलाई गोल्डेन गलब्स

विश्वकपमा उत्कृष्ट गोलकिपिंग गर्ने गोलकिपरलाई यो अवार्ड प्रदान गरिन्छ। २०१८ को विश्वकपमा बेल्जियमका गोलकिपर थिबांट कोरटुइसले उत्कृष्ट प्रदशन गर्दै गोल्डेन गलाब्स जितेका हुन।   

गोल्डेन ग्लाब्सको दौडमा रहेका इंग्ल्याण्डका गिपर जोर्डन पिकफोर्ड, मेक्सिकोका गुलेरमो औछुआ, क्रोएसियाका डेनेजिल सुबासिच र फ्रान्सका ह्युगो लरेन्सलाई पछी पार्दै थिबांट कोरटुइसले गोल्डेन ग्लाब्स जितेका हुन। 

सन १९९४ को विश्वकपदेखि गोल्डेन ग्लाब्सको अवार्ड दिन थालिएको हो। सबै भन्दा पहिले यो अवार्डलाई लेव याशिन अवार्डको नामले चिनिन्थ्यो। तर २०१० को विश्वकपदेखि यसको नाम फेरेर गोल्डेन ग्लाब्स राखिएको हो। सबै भन्दा पहिले यो अवार्ड सन १९९४ मा अमेरिकाका मिचेल प्र्युहोमलाई दिइएको थियो। 

गोल्डेन बल र गोल्डेन बुटको इतिहास 

सन १९८२ को १२ औं विश्वकपको आयोजना १३ जुन ११ जुलाई मा स्पेनमा भएको थियो। फाइनलमा इटलीले वेस्ट जर्मनीलाई ३-१ ले पराजित गर्दै विश्वकपको १२ औं संस्करण जितेको थियो। र यहि विश्वकपदेखि नै गोल्डेन बल र गोल्डेन बुट (शु) दिन थालिएको थियो। 

पुरै प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्ने खेलाडीलाइ गोल्डेन बल र प्रतियोगितामै धेरै गोल गर्नेलाई गोल्डेन बुट अवार्ड दिने गरिन्छ। पहिलो गोल्डेन बलको अवार्ड इटलीका पाओलि रासीले जितेका थिए। रासीले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved