रुसले कतारलाई सुम्पियो आगामी बिश्वकप आयोजनाको जिम्मेवारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 16, 2018 | 11:31:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसका राष्ट्रपति ब्लादीमिर पुटिनले कतारलाई २०२२ को विश्वकप आयोजनाका लागि टर्च थमाएका छन। फ्रान्स र क्रोएसियाबीचको खेल अगाडी नै पुटिनले फिफा अध्यक्ष गियनी इन्फेन्टिनोलाई हस्तान्तरण गरेको बल इन्फेन्टिनोले कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई हस्तान्तरण गरे। 

कतारलाई आगामी विश्वकप २०२२ को आयोजना गर्ने जिम्मेवारी सुम्पदै पुटिनले रुसले झैँ कतारले पनि सफलतापुर्वक बिश्वकप आयोजना गर्न शुभकामना दिए। पुटिनले औपचारिक रुपमा बल हस्तान्तरण गर्दै २०२२ को विश्वकप आयोजनामा आफुहरुले पूर्ण रुपमा सघाउने र आफ्नो अनुभब साट्ने बताए। अलथानीले कतार क्षेत्रफलका हिसाबले सानो भएपनि खेलकुद क्षेत्रको बिकासमा स्पष्ट भएको प्रतिकृया दिए।   

कतारले २०२२ को विश्वकप आयोजना गर्नेछ। कतारमा हुने विश्वकप २०२२ को खेलहरु नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछन। २०२२ को विश्वकपको फाइनल खेल कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ। यससंगै इतिहासमै पहिलो पटक विश्वकपको खेल जाडो महिनामा हुन लागेको हो।    

विश्वकप स्टेडियमको भविष्य प्रति प्रश्न ?

रुसी राष्ट्रपति ब्लादीमिर पुटिनले विश्वकप २०१८ का लागि बनाइएका स्टेडियमहरुलाई अहिलेकै अवस्थामा बचाईराख्ने प्रतिकृया दिए। एक महिनासम्म चलेको विश्वकप २०१८ का खेलहरुका लागि १२ वटा रंगशाला बनाइएको थियो। १२ रंगशाला निर्माण गर्नका लागि मात्र रुसले करिब ५ खर्ब रुपैयाँ लगानी गरेको थियो।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved