सर्वसाधारणमा प्रहरीको अनुरोध: दशैं भ्रमण गोप्य राख्नुहोस, घर–डेरा छाड्दा प्रहरीलाई खबर गर्नुहोस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 10:10:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले आफ्नो सबै खाले दशैँ भ्रमणहरु गोप्य राख्न अनुरोध गरेको छ। चाडपर्वमा हुने भ्रमणहरु सामाजिक संजालमा सार्बजनिक रुपमा राख्दा त्यसले सुरक्षा खतरा बढ्ने भन्दै प्रहरीले भ्रमणहरु सकेसम्म गोप्य राख्न अनुरोध गरेको हो। 

बिशेषगरी दशैको लागि राजधानी छाड्नेहरुले दिन नै तोकेर बाहिर जान लागेको संदेश फेसबुक मार्फत सार्वजनिक गर्ने ट्रेण्ड रहेकोले त्यसको नगर्न प्रहरीले आग्रह गरेको हो। 

'बाई बाई काठमाडौँ, यति दिनको लागि भनेर फेसबुकमा हाल्ने ट्रेण्ड बढ्दो छ, यसले सबैलाई त्यो मान्छे घर वा डेरामा छैन भन्ने संदेश जान्छ र अपराधिक क्रियाकलाप हुन् सक्छ' नेपाल प्रहरीका प्रबक्ता शैलेश थापाले भने। फेसबुक वा ट्वीटरमा आफ्नो भ्रमण सार्बजनिक गर्ने प्रवित्तिले  तेस्रो व्यक्तिले यसको फाइदा उठाई चोरी डकैति जस्ता घटना बढ्न सक्ने थापाको भनाई छ। 

प्रबक्ता थापाले डेरा छाडेर घर जाँदा घरबेटीलाई जानकारी दिन र नजिकको प्रहरी चौकी वा गस्तीमा रहेका प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ । अप्रिय घटना हुन् नदिन आफु नै सजग हुनुपर्ने उनको भनाई छ। 

'सुरक्षा आफ्नै दैलोबाटै सुरु हुन्छ, आफ्नो थैलीको मुख आफुले नै बलियो पारेर राख्नु पर्छ, यति हुँदा अप्रिय घटना हुन् पाउदैन' एसएसपी थापाले भने।  केहि यदि अप्रिय घटना भई हालेको खण्डमा तुरन्त १०० मा कल गरेर प्रहरीलाई जानकारी गर्न समेत उनको आग्रह छ।   घटना भईसकेपछि मात्र नभई घटना हुने सम्भावना देखेपनि प्रहरीलाई १०० मा कल गरेर जानकारी उनको आग्रह छ । 

दशैँको बेलामा प्रहरी बिशेष सुरक्षा योजना लागु गरेको बताउदै एसएसपी थापाले दशैँमा ३१ हजार ३ सय प्रहरीले सुरक्षा दिने बताए । उनका अनुसार यसमा सादा पोशाकका प्रहरी समेत रहने छन।  उनीहरुले भिडभाड हुने स्थान, मन्दिर, सडक, मेला, बैंक तथा वित्तीय संस्था लगायतको निगरानी गर्ने छन् । 

त्यस्तै सवारीसाधको निगरानीमा सादा पोशाक सहितका २७ सय ट्राफिक प्रहरी खटिएको उनको भनाई छ। यात्रुको सहजताको लागि १५४ स्थानमा हेल्प डेस्क राखिएको र त्याकाबाट टिकट बढी लिएको, सवारी चालक वा सह चालकले मनपरी गरेको, मापसे गरेको, कालोबजारी लगायतको चेकजांच हुनेछ । त्यस्तै रिजर्भमा प्रहरीहरु तयार अवस्थामा रहेकोले आवश्यकता अनुसार उनीहरुलाई पनि खटाईने उनले बताए। एक अर्कालाई सहयोग गर्दै समझदारी कायम राखेर शान्तिपूर्ण तरिकाले दशैँ मान्न एसएसपी थापाले सबैलाई आग्रह गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved