'दिपा कस्तोसँग डराएकी थिई सेता निख्खर भूत सम्झेर'-पागल लेखकको केही अंश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 02:11:05 AM मा प्रकाशित

laxmi  sunrise bank

कथालय प्रकाशनबाट किशोर वर्गलाई लक्षित, लेखक रोशन पोखरेलद्धारा लेखिएको प्रकाशोन्मुख कृति –पागल लेखकको केही अंश । यस सँगै लेखकका बालबालिका तथा किशोरवयको लागि उपयुक्त कृतिहरु – (पातले वनको एक दिन तथा माग्न नसकेको माफि) पनि छिट्टै बजारमा उपलब्ध हुदै छन ।

संदिपले हे–यो । साच्चै नै लोभलाग्दो चिल्लो र सफा कागज थियो त्यो । संदिपले सानोमा रहर गरे जस्तै सेतो चिल्लो कागज । सेता चिल्ला लोभलाग्दा कागजको अजिवको तिब्र प्यास थियो बालक संदिपमा । गुलियो चकलेटको भन्दा पनि ठूलो प्यास । दिपाले नै पहिलो पटक देखाएकी थिइ उसलाई सेता हेर्दैमा लेखु’लेखुँ लाग्ने चिल्ला कागज ।

कुनै बेला संदिपलाई उसकी बालसखी दिपाले उसका बाबाले बिदेश तालिममा जाँदा ल्याएको सेतो चिल्लो कागज देखाउदै भनेकी थिई – हेर त संदिप मेरो बाबाले बिदेशबाट मलाई ल्याइदिनु भएको कापी............यसमा लेख्न त कस्तो मज्जा आउँछ बाब्बै । अझ यसमा बाबाको पाइलोट पेन ले लेख्दा त हातै रोक्न गाह्रो हुन्छ । 

संदिप झण्डै झण्डै बेहोस भएको थियो । यति चिल्लो, सेतो र चाक्लो पनि कागज हुने रहेछ । खोलाको किनार छेउ उभिएको बकुल्लो जस्तो सेतो निख्खर कागज ।

उसले आफ्ना ठूला आँखाहरु अझै ठूला पार्दै भनेकी थिई – पाइलोट पेन त यसमा सुलुलु चिप्लिन्छ बाबै ।
संदिपले कति माग्यो दिपासँग ति सेता चिप्ला कागज तर लोभी दिपाले के दिन्थी । 

​उसले बहाना बनाउँदै भनेकी थिई – बाबाले अर्को पल्ट ल्याएको चाहि दिन्छु ल । यो त बाबाले मलाई गनेर दिनुभएको हो नि.............फेरि मार्नु हुन्छ । उसले एउटा हातले गालामा प्याट्ट हाने झैं भनेकी थिई ।

संदिपको याचना मान्दै मानिन दिपाले । तिम्रो राम्रो चित्र बनाईदिन्छु’ भनेर लोभ्याउन नखोजेको पनि होइन उसले तर के मान्थि र दिपा ।
अन्त्यमा दिक्क भएर उसले पनि भनेको थियो दिपालाई औंलो ठड्याउँदै – पख न म ठूलो भए पछि यस्तै कागजमा कति कति कथा लेख्छु’। कति कति चित्र बनाउँछु’। 

अझ उसले दिपाको सेखी झर्ने गरि थपेको थियो – म त भूतको कथा लेख्छु भूतको............तिमीले पढनै नसक्ने । अझ हाउ.......गरेर भूतै निस्कने कथा लेख्छु’। सेता निख्खर भूत निस्कने । मनै देखी लेखेको कथा त साच्चै हुन्छ रे बाब्बै ।

उसको हाउ...........सँगै दिपा कस्तोसँग डराएकी थिई सेता निख्खर भूत सम्झेर । अनि उ आत्तिदै घर तिर कुदे कि थिई सेता चिल्ला कागज छातीमा टासेर । त्यसको धेरै दिन सम्म संदिपको सपनामा आइरहये ति सेता चिल्ला कागजहरु । सपनामा ति कागज संदिपले कत्ति लिन खोज्यो तर कहिल्यै टिप्न सकेन । उसले छुन खोज्यो कि ति कागजहरु त सेता बादलका डल्ला बन्थे छुनै नसकिने । समात्नै नसकिने । पछि त ति सपना पनि आउन छोडे । पछि त संदिप पनि कहाँ संदिप रह्यो र । उसले पनि बिस्तारै भूल्दै गयो सेता कागजलाई । सपनालाई अनि आफैलाई पनि ।

एक्कासी बिगतका जस्तै अझ ति भन्दा पनि सेता ति भन्दा पनि चम्किला कागज आफ्नो अगाडी देखेर संदिप झसंग भो । जुन सेता कागजको लागि संदिपले कुनै दिन दिपासँग हत्ते गरेको थियो तिनै सेता कागज देखेर संदिप तर्सियो । उसलाई लाग्यो फेरी उसका पुराना सपनाहरु दोहोरीए । उसले सोच्यो सायद, कहिले काँही मान्छेको अगाडी सपना पनि भूत बनेर तर्साउने रहेछन । तर त्यो न त सपना थियो न त सपनाको भूत त्यो यर्थाथ थियो । संदिपको आजको यर्थाथ । कल्पनामा सँधै बसिरहन सकिन्न ।

संदिप टोलाएको देखेर कौशिकले सोधे – के भो के भो संदिप भाई ? किन कागज मन परेन ? लेउ न ।उसले थरर......कापेका हातले कागज लियो । एकछिन सम्म कागज मुसारी रह्यो । धित मरुन्जेल सुम्सुम्यायो । अनि कागजलाई नाक नेर लगेर सुङघ्यो । बाल्यकालमा लिएको बिदेशी कागजको बास्ना फेरी ताजा भएर आए उसको नाक भरी । नाकको बाटो हुदै त्यो बास्ना पुग्यो उसको मन सम्म । उसको मन टम्म आशुले भरियो । अनि छछल्कियो आखाँभरी । धमिला आँखा सामू”आमा आउनु’भो, बाबा आए, प्रभु’आयो , विनय आयो, राकेश आयो । सबै आएर गए तर आमा.....आमा गम्भिर भएर बसी रहनु’भयो आँखा भरि ।
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved