चिट्ठा परेको म्यासेज फेसबुकमा पठाएर लाखौको ठगी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 04:29:18 PM मा प्रकाशित

laxmi  sunrise bank
भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन् । उनीहरुको साथबाट प्रहरीले रु ५० हजार बरामद गरेको छ । उनीहरुले आइएमइबाट छ लाख निकालेको अनुसन्धानमा खुलेको छ । 

काठमाडौँको गोङ्गबुबाट २३ हजार डलर जस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले दुई लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौँका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । 

यस्तै तीन वटा नागरिकता बनाई सामान गठी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन् । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ । उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved