पाँच महिनामा झन्डै छ खर्बको व्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 04:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्क हेर्दा मुलुकमा निर्यातभन्दा  आयातको अवस्था अधिक देखिएको छ । 

गतवर्ष यस समयमा नेपालबाट १०.१ प्रतिशत निर्यात भएको थियो । यस वर्ष भने एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी रहेको छ । 

आव २०७४-७५ को मङ्सिरसम्ममा १८।२ प्रतिशत रहेको आयात वृद्धिदर यस वर्षको पाँच महीनामा १६ प्रतिशतले वृद्धि भई ३४।२ प्रतिशत रहेको छ ।

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउँछन् । उनका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो सङ्केत होइन । 

वस्तुगत आधारमा चालू आवको पाँच महीनामा छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एम।एस।बिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ । 

चालु आवको पाँच महीनामा ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । चालू आवको पाँच महीनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved