छ महीनाको अवधिमा तीन अर्ब राजश्व सङ्कलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 06:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको छ महीनाको अवधिमा बिराटनगर भन्सारबाट कूल तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन भएको छ । 

गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । 

कार्यालयका अनुसार तीन अर्ब चार करोड ६४ लाख ५८ हजार राजश्व असुल गर्ने लक्ष्यमा १३ करोड ४८ लाख ७३ हजार राजश्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको प्रमुख गौतमको भनाइ छ । 

सङ्कलित राजश्वमा आयकर ९२ करोड ८३ लाख १२ हजार, बहाल कर पाँच करोड २१ लाख ८५ हजार, ब्याज कर तीन करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क एक अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा दुई करोड ८२ लाख छ हजार र शिक्षा सेवा शुल्क एक करोड नौ लाख छ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved