थप १६ जिल्लाका मिर्गौला पिडितलाई ५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 04:53:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) बिस्तार गर्ने भएको छ । 

सरकारले डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कंचनपुर  गरि १६ जिल्लामा मिर्गौलाको निःशुल्क उपचार सेवा संचालन गर्न लागेको हो ।

सातवटै प्रदेशमा गरी ४ हजार ५०० बिरामीले मिर्गौला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचार सेवा गरेवापत चार हजार, प्रत्यारोपणका लागि चार लाख, प्रत्यारोपण पश्चात  औषधि सेवानका लागि एक लाख प्रदान गर्दै आईरहेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved