महिला गोल्डकप फुटबल : नेपाल र भारत भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 01:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपाल र घरेलु टोली भारतबीच प्रतिस्पर्धा हुदै छ । उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे दुई देशबिचको खेल हुनेछ ।  

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ ।  यस अघि पहिलो खेलमा नेपाल म्यानमासँग ३–० गोलले पराजित भएको थियो ।  नेपालले अघिल्लो चरणमा प्रवेश गर्नको लागि भारतलाई पराजय गर्नै पर्ने हुन्छ आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । 

प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको तीन/तीन  अङ्क  रहेको छ ।  नेपाल र इरानले भने अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved