७ महिनामा २७ कैदीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 01:00:02 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभरका कारागारमा ७ महिनाको अवधिमा२७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । उनले भने,“रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो ।” सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० शैयाको  अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । 

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ । आव २०७४/७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो । मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन् । चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved