‘बी’ डिभिजन लिग: बाँसबारी र टुसाल बराबरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 04:44:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगता अन्तर्गत आज भएको पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बाँसबारी र टुसाल क्लबबीचको खेल दुई÷दुई गोलको बराबरीमा समाप्त भएको हो । खेलमा पहिलो अग्रता भने बाँसबारीले लियो । खेलको ११औँ मिनेटमा बाँसबारीका अनुज भण्डारीले पहिलो गोल गर्दै खाता खोले । 

त्यस्तै बाँसबारीका अर्का खेलाडी सुजन लिम्बूले खेलको पहिलो हाफको १४औँ मिनेटमा थप एक गोल गरे । यता टुसाल क्लबका लागि खेलको पहिलो हाफको २४औँ मिनेटमा युवराज ढकालले एक गोल गरे । टुसालका अर्का खेलाडी मनिस सेढाईंले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल गरेपछि खेल दुई दुई गोलको बारबरीमा टुङ्गियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved