घरेलु उद्योगमा महिला उद्यमीको संख्या बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 04:53:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा महिलाहरुको लगानी बढ्दै छ । चालु आर्थिक वर्ष २०७५/७६ को ६  महिनाको अवधिमा १ सय ७८ जना महिलाले उत्पादनदेखि सेवामूलक उद्योग सञ्चालन गर्न विभिन्न फर्महरु दर्ता गरेका छन् । 

महिलाको नाममा फर्म दर्ता गरेर पुरुषले चलाउने गरेको भए पनि पछिल्लो समय स्वयं महिला सक्रिय बन्न थालेका छन् । घरेलु तथा साना उद्योग क्षेत्रमा महिलाको आर्कषण बढेको व्यवसायीहरुले बताएका छन् । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा  १ अर्ब २९ लाख ५१ हजार लगानीमा ५५२ उद्योगहरु बाँकेमा भित्रिएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख शिक्षक ऋषिराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा उद्योग दर्ता बढेको देखिन्छ । दर्ता भएका अधिकांश उद्योग सञ्चालन भइरहेको पोखरेलले जानकारी दिए । चालु आर्थिक वर्षभित्रै बाँकेमा दर्ता भएका उद्योगबाट १ हजार २२८ जना महिलाले रोजगारी पाएको कार्यालयको तथ्याङ्कले देखाउछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved