दशैंमा घर वा डेरा छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई आजै खबर गर्नुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 07:54:42 AM मा प्रकाशित

laxmi  sunrise bank

चाडबाडको बेला सुरक्षा जोखिम पनि बढ्छ । त्यसैले व्यक्तिगत सुरक्षा, यात्रामा सुरक्षा र सावधानी तथा भौतिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनु जरुरी छ ।

सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि दशैं, तिहार र छठजस्ता चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ । गृहमन्त्री रामबहादुर थापाले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरेको बताएका छन् । उनले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

सुरक्षित यात्राका लागि राजमार्गमा सहायता कक्ष स्थापना, बस टिकटमा कालोबजारी र कृत्रिम अभाव हुन नदिने तथा दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको छ ।

घर छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गर्नुहोस्

राजधानीमा बस्दै आएका नागरिकले दशैँ, तिहारको बिदाको अवधिमा घर छोडेर जाँदा चोरी हुनसक्ने भएकाले सम्बन्धित घरधनी र सकेसम्म प्रहरीलाई पनि जानकारी गराउन भनेको छ ।

आफूले घर छोडेको र घरमा कोही नभएको वा घरको हेरचाह गर्न कोही राखेको भए उक्त व्यक्तिको जानकारी दिएमा प्रहरीले उक्त घरमाथि विशेष निगरानी राख्छ । सबै घर र नागरिकको सुरक्षाको जिम्मेवारी प्रहरीले लिने भएपनि बिना जानकारी व्यक्तिगत घरहरुमा निगरानी बढाउनु स्वभाविक नहुने भएकाले जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।  १०० नम्बरमा सम्पर्क गरी प्रहरीलाई सुरक्षा व्यवस्थाको लागि आग्रह गर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved