चिनीयाँ राष्ट्रपतिको सुरक्षाको पुर्वतयारी, डेढ घण्टा सवारी आगमन प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 11:29:32 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रिपतिको सुरक्षाको पुर्वतयारी स्वरुप आज दिउसो ३ बजे रिहर्सल हुने भएको छ । शनिबारदेखि दुई दिने राजकीय भ्रमणमा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका खटेका सुरक्षाकर्मीले आज दिउँसो ३ बजे विमानस्थलदेखि सोल्टी होटलसम्म रिहर्सल गर्ने भएका हुन । 

उक्त रिहर्सलको लागि  एयरपोर्ट तिनकुने, नयाँबानेश्वर, माइतिघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटल जाने रुटमा चल्ने सवारीसाधन करिब डेढ घण्टा प्रभावित हुने भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलदेखि राष्ट्रपति सी बस्ने सोल्टी होटलसम्म कार्गेडसहितको  रिहर्सल गर्न लागेका हुन ।

राष्ट्रपति सीले नेपाल २५ र २६ आसोजमा नेपाल भ्रमण गर्दैछन् । भ्रमणमा उर्जा र पुर्वाधार क्षेत्रमा सम्भौता हुने बताइएको छ । शुक्रबार भारत भ्रमणमा जाने चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउनेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved