सिटी एक्प्रेसमा कारोबार गर्दा निशुल्क हवाई टिकट जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 04:54:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले हरेक कारोबारमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्तालाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको हो  ।

उक्त योजना अन्तर्गत साउदीमा रहेका ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुन का सिक्का , ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् । यस योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद ए. टि. एम .,एन्जाज सेल्फ –सर्भिस मेसिन ,एनजाज पि.ओ.एस.,एन्जाज सेन्टर) मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुने जनाईएको छ  । सिटी एक्सप्रेसले १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved